शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी कलाकार संघ काठमाडाैंकाे अध्यक्षमा लाली बुढाथोकी
म्याग्दी कलाकार संघ काठमाडाैंकाे अध्यक्षमा लाली बुढाथोकी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ९, २०८०
myagdi-ktm
बेनी । म्याग्दी जिल्लाबाट काठमाडौंमा गई बसोबास गर्ने विभिन्न विधामा क्रियाशिल कलाकारहरुको संस्था म्याग्दी कलाकार संघ काठमाण्डौको अध्यक्षमा चर्चित लोकप्रीय लोक दोहोरी गायीका लाली बुढाथोकी निर्वाचित हुनुभएको छ । संघको काठमाडौँमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लोकदोहोरी गायिका बुढाथोकी अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । संघको बरिष्ठ उपाध्यक्षमा मिना गर्बुजा, प्रथम उपाध्यक्ष दिलकुमारी गर्बुजा, द्धितिय उपाध्यक्ष कृष्ण परियार, तृतिय उपाध्यक्ष दिपक शर्मा, महासचिवमा राम गगन, सचिव प्रकाश दुतराज, महिला सचिव बिमला श्रीष, सम्पर्क सचिव निरुता पुन, कोषाध्यक्ष पूर्ण थापा र सहकोषाध्यक्ष कुमारी चेपाङ सहित ३५ सदस्यीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित महासचिव राम गगनले जानकारी दिनुभयो । अधिवेशनले कलाकार कल्याणकारी कोषको संयोजकमा जालमायाँ बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा जितेन्द्र राम्जाली, हेमन्त कान्छा रसाईली, शोभा कार्की, सरिस्मा राम्जाली, दिपा गुरुङ्ग, मिरा राम्जाली, विष्णु दगामी, अमृता श्रीपाल, रविना भण्डारी, अलिजीवा पुन, सुधिर श्रेष्ठ, दिप सागर ल्वागुन, अन्जु रामदाम, विष्णु जुग्जाली, ओम विश्वकर्मा, कोपिला छिनाल, प्रकाश बराईली, मनमाया घर्ति, सिता रसाईली, बिमा गर्वुजा, राजिन भण्डारी, दम प्रकाश पुन, राम रसाईली र चन्द्रमाया जुग्जाली रहेका छन । अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्नुहुँदै संघका संरक्षक, बरिष्ठ लोक गायक खड्ग गर्बुजाले गीतसंगीतको माध्यमबाट म्याग्दी जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउनका लागि संघमा आवद्ध कलाकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा म्याग्देली कलाकारको प्रोत्साहनमा विभिन्न कार्यक्रम तथा समस्यामा परेका कलाकारलाई समेत सहयोग सहित विभिन्न योजना बनाउने बताउनुभयो ।नवनिर्वाचित टोलीलाई निर्वाचन मण्डलका संयोजक संघका संस्थापक अध्यक्ष राजन भुजेल, सल्लाहकार धनलाल जैसी, अग्रज गायक राम जुग्जाली, सल्लाहकार बलभद्र ढकाल, यु बहादुर मल्ल, कल्याणकारी कोष संयोजक तथा सल्लाकार जालमायाँ बुदाथोकी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।  
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP