शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मावि स्तरीय लोक गीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम
मावि स्तरीय लोक गीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ १६, २०८०
350276498_209139634817802_1566714033361091446_n-1536x1152
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ ।सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगद २५ हजार रूपैयाँ सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा जामुनाखर्क माविकी जमुना दर्जी द्वित्तिय, प्रकाश माविकी निरुता विश्वकर्मा तृत्तिय र बेनी सामुदायिक माविका सज्जन परियारले शान्तवना स्थान हाँसिल गरेका छन । उनिहरुले क्रमश ः १५ हजार १० हजार र ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले जानकारी दिनुभयो । विजेता विद्यार्थीहरुलाई जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका संरक्षक तथा पूर्व केन्द्रिय सदस्य धनकुमारी थापा, केन्द्रीय सहसचिव तारानाथ आचार्य, केन्द्रिय सदस्य कुमार पुन, गण्डकी प्रदेश अध्यक्ष राजन कार्की, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राजेन्द्र सापकोटा, प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यस अघि प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कलाकार राष्ट्रका गहना भएकाले सरकारले कलाकारको भावनालाई कदर गर्दै उचित योजना तथा नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले म्याग्दी जिल्ला कला र संस्कृतिको धनि भएको भन्दै प्रतिष्ठानले लोक संस्कृति संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा बेनी नगर पालिका प्रमुख सुरत केसी, प्रतिष्ठानका केन्द्रिय सहसचिव तारानाथ आचार्य, गण्डकी प्रदेश अध्यक्ष राजन कार्की, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, प्रतिष्ठान म्याग्दीका सल्लाहकार जीवन कुमार विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यार्थीको गायन प्रतिभाको पहिचान गर्ने र उनिहरुमा लोक गीत प्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीले बताउनुभयो । कार्यक्रम प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, समन्वय प्रमुख थापाको प्रमुख आतिथ्यता, महिला उपाध्यक्ष देवि जिसीको स्वागत र द्वितिय उपाध्यक्ष पदम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।  
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १०:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP