शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • ‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’,विभिन्न विधाका १० जनालाई सम्मान
‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’,विभिन्न विधाका १० जनालाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ७, २०८०
355784470_653516089567863_449806834412491156_n
बेनी । म्याग्दीको बेनी नगरपालिका–७,ले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको सुझाव छ । वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा हरेक बर्ष फरक फरक योजना कार्यान्वयन गर्ने गरी योजना बैंक बनाएर जाँदा सहज हुने बताइएको थियो । कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, वडाबासीले बस्तीस्तरबाट दिएका सुझावका आधारमा योजना छनोट गरिने बताउनुभयो । ’सदरमुकामको वडा भएकाले अन्य क्षेत्रबाट आउनेलाई समेत सहज हुने पूर्वाधारमा पनि प्राथमिकता दिनुपर्छ,’समुदायको सहभागितालाई प्राथमिकतामा राखेर नै योजना छनौट गर्नेछौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।उहाँले वडाभित्रका सबै बस्ती र क्षेत्रलाई समेटेर योजना छनौट हुने बताउनुभयो ।कार्यक्रममा निर्वतमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले वडाबासीको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुने भएकाले समेट्नुपर्ने बताउनुभयो। कार्यक्रममा बिरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, स्थानीय अगुवा कुलप्रसाद श्रेष्ठ, क्षत्री समाजकी अध्यक्ष लक्ष्मी कार्की, यूवा देबेन्द्र क्षेत्री लगायत बोल्न अधिकांस वडाबासीले बस्तीस्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा वडाबासीको सुझावलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए । कार्यक्रममा प्राथमिक उपचार केन्द्र, सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, सडक दुर्घटना न्यूनीकरण, सिसि क्यामेरा जडान, कृषि क्षेत्रमा गर्नुपर्ने भावि योजना, खेलकुदका विभिन्न सुझाव, पर्यटनको आकर्षक गन्तव्यको पहिचान लगाएतका विषयलाई महत्व दिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य रमेश फगामी र वडा सचिव विनिता रेग्मीले सञ्चालन गर्नुभएको थियो । वडाद्धारा विभिन्न विधाका १० जनालाई सम्मान म्याग्दीको सदरमुकाममा अवस्थित बेनी नगरपालिका–७, विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको चालु आवमा भएका कार्यक्रमको समिक्षा तथा योजना प्राथमिकीकरण एवं विधागत सम्मान कार्यक्रममा जेष्ठ नागरिक भूमिसरा घिमिरे, कार्यसम्पादनमा सहयोगी भूमिका खेल्ने बराहपाखो सामुदायिक बनका अध्यक्ष बिष्णु गौतम, उपभोक्ता समितिको तर्फबाट रहमत खाँण,कौसीखेतीतर्फ साधनाकुमारी श्रेष्ठ, सहयोगी उत्कृष्ट कार्यालयमा डिभिजन बन कार्यालय, म्याग्दीलाई सम्मान गरिएको थियो । त्यसैगरी खेलकुदतर्फ पूरानो खेलाडी रोशन राना,उदयमान फुटबल खेलाडी अनुपम श्रेष्ठ,पुख्यौली पेशातर्फ भिमबहादुर विक,कृषि तथा पशुपालनमा सुरेश ढुगाना र पत्रकारिता क्षेत्रमा हरिकृष्ण गौतमलाई जेष्ठ नागरिक सुर्यलाल पूर्जा, वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ,सुजना किसान लगायतले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले वडाभित्र विभिन्न पेशामा आवद्ध रहेकालाई आगामी दिनमा समेत सम्मान सहितका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।  
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०६:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP