शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम
संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार १८, २०८०
DSC_0006
बेनी । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम बढ्दै गएको बताउनुभयो । म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ हेर्ने गरी पर्वतमा रहेको यस कार्यालयले सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुसंग उपस्थितमा सोमबार गरिएको गोष्ठीमा भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानविय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेती योग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तीन बर्षमा म्याग्दी, पर्वत र बागलङमा बाढी पहिरोले १२० जनाको ज्यान गएको समेत जानकारी दिनुभयो । उहाँले सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल ब्यवस्थापन लागि नाली निर्माण नगर्नाले दिनप्रतिदिन मानविय क्षतिसंगसंगै खेतीयोग्य जमिनको उत्पादकत्व घट्दै गएको बताउनुभयो । “ तीन तहको सरकारले जलाधार संरक्षणमैत्री पूर्वाधार निर्माणमा जोड दिएमा दिगो विकासका पूर्वाधार निर्माण गर्न सजिलो हुन्छ ।’’ उहाँले भन्नुभयो । “ प्रकृतिमा रहेका जमिन, जल, जंगल, जनावर र जनतालाई असर नपर्ने गरी विकास पूर्वाधार निर्माण गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ । म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटो भूक्षयको रुपमा बगेर जानेको गरेको भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी गराउनुभयो । उहाँले बाढी पहिराले दुई हजार ५१० घर प्रभावित रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो र कटान जोखिम नियन्त्रणको लागि बार्षिक एकसय ४० वटा निवेदन आउने भएपनि कार्यालयबाट १२ वटा निवेदनलाई बजेटले सम्वोधन गर्न सकिएको उल्लेख गर्दै यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित हुनुभएका रघुगंगाका दिपक कार्कीले वातावरणीय प्रभाव मूल्याकंन विना खनेका सडकले म्याग्दीमा मानविय बस्ती र उर्भर भूमिमा बढी क्षति पु¥याएको उल्लेख गर्नुभयो । उहाँले जहाँ भूक्षयको समस्या छ त्यहाँ संघ, प्रदेश सरकारले संरक्षणका लागि बजेट विनियोजन नगरेको बताउनुभयो ।भूक्षयको उच्च जोखिम रहेको म्याग्दीमा कार्यालय खारेज हुदाँ जोखिम पहिचान, सावधानी र ब्यवस्थापनमा समस्या देखिएको जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । उहाँले संघ र प्रदेशले जनताको आवश्यकता अनुसार योजनाहरु छनोट गरेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिकाभित्र १२८ पहिरोमध्ये २८ वटा ठुला पहिरो रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गोष्ठीमा उल्लेख गर्नुभयो ।कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी रहेको म्याग्दीमा गाउँ–गाउँमा पुग्ने सडक स्तरोन्नती क्रममा जथाभावि फालिएको माटो र ढुंगाले भूक्षय र पहिरो जोखिम समेत आगामी दिनमा बढेको छन् ।जिसस प्रमुख थापाको अध्यक्षतामा भएको सरोकारवालासंगको समन्वय गोष्ठीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र विषयगत कार्यालयका कर्मचारीको उपस्थित हुनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २२:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP