शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रतिष्ठान म्याग्दीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
प्रतिष्ठान म्याग्दीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन २१, २०८०
366093257_994961295169685_200317380242381329_n
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका- ६,का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोसाईटी अफ नेपलिज स्टुडेन्ट) को आर्थिक सहयोगमा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो । प्रतिष्ठान म्याग्दीको तर्फबाट उक्त सामग्री वितरण गर्नका लागि संस्थाका सदस्य तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेलले सहजीकरण गर्नुभएको थियो । नेपाली विद्यार्थी समाज दक्षिण कोरीयाको आर्थिक सहयोगमा प्रतिष्ठानले जिल्लाका तीन वटा विद्यालयका ५३ जना विद्यार्थीहरुलाई करिब ५० हजार बराबरको सामग्री वितरण गर्ने कार्यक्रम संचालन गरिएको सदस्य पौडेलले बताउनुभयो । जिल्लाका विभिन्न विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस भनेर शैक्षिक सामग्रीको सौजन्य गरेको बेनी नगरपालिका वडा नम्वर ६ घर भई हाल दक्षिण कोरियामा रहनुभएका नेपाली विद्यार्थी समाजका संयोजक मेघनाथ पौडेलको भनाई छ । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकोमा जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र विद्यामन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर रानाले नेपाली विद्यार्थी समाज दक्षिण कोरीया र प्रतिष्ठान म्याग्दीलाई आभार प्रकट गर्नुभएको थियो । विद्यामन्दिर आवि व्यवस्थापन समितिका अध्यक्ष सुवास विश्वकर्माले समाज परिवर्तनका लागि शिक्षा र संस्कृतिमा विकास हुन आवश्यक रहेको भन्दै विद्यालय तथा विद्यार्थीहरु संग जोडिएर काम गर्नु प्रतिष्ठानको उपलब्धी भएको बताउनुभयो । प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला संस्कृतिको संरक्षण र कलाकारहरुलाई सम्मान तथा प्रोत्सहन गर्दै आएको संस्थाले सामाजिक गतिविधिहरु समेत संचालन गर्दै आएको बताउनुभयो । नेपाली विद्यार्थी समाज कोरिया संग जोडिएर ३ विद्यालयका ५३ जना विपन्न विद्यार्थीहरुलाई उनिहरुको उज्ज्वल भविस्यको कामना गर्दै शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष जिसीले बताउनुभयो । अध्यक्ष जिसीले विद्यार्थीहरुलाई अनुशासनको पालना गरि अध्ययनमा अग्रसर हुन अनुरोध समेत गर्नुभएको थियो । उहाँले यसअघि पनि प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत द्वण्ड पिडित तथा अपाङग विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर तालिम संचालन वगुवाखोलाका वौद्धिक अपाङग विद्यार्थीहरुलाई संगीत तथा शैक्षिक सामग्री वितरण, निशुल्क योग शिविर जस्ता गतिविधिहरु आयोजना गरेको जानकारी गराउनुभयो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सहकोषाध्यक्ष नारायण पौडेल, सदस्य राजकुमार परियार, विजय परियारको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा संचारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो । प्रतिष्ठानले सोमवार (भोली) मंगला गाउँपालिका २ सल्यान स्थित विकास आधारभूत विद्यालयका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न कार्यक्रम तय गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २०:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP