शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • माओवादी केन्द्रको म्याग्दी इञ्चार्जमा पर्वतका गप्तबहादुर हमाल
माओवादी केन्द्रको म्याग्दी इञ्चार्जमा पर्वतका गप्तबहादुर हमाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ ४, २०८०
cpn-maowist
म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) म्याग्दीको इञ्चार्जको जिम्मेवारी पर्वतका गुप्तबहादुर हमाललाई दिएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालनको तयारी गरेको माओवादीले म्याग्दी सहित गण्डकी प्रदेशका जिल्ला ईञ्चार्जहरु हेरफेर गरेको छ ।माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा बसेको सातौ पूर्ण बैठकले जिल्ला इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।माओवादीलाई सुदृढ र बलियो बनाउनका लागि भन्दै माओवादीको केन्द्रीय समिति बैठकले भदौ १६ गतेदेखि तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । सोहि अभियानलाई लक्षित गरेरे जिल्ला र पालिका ईञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका ईञ्चार्ज तथा पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।वर्षौंदेखि एकै व्यक्ति एउटै जिल्लामा रहँदा पार्टीमा गुट उपगुट मौलाएको र सोहि कारण नेता कार्यकर्तामा उत्साह आउन नसकेको भन्दै कार्यकर्ताले गुनासो गर्ने गरेका थिए । कास्की जिल्ला ईञ्चार्ज राजकाजी गुरुङलाई स्याङ्जा जिल्ला ईञ्चार्ज तोकेको छ । उहाँको ठाउँमा पर्वतका नेत्रनाथ अधिकारीलाई ल्याइएको छ । अधिकारी गण्डकी प्रदेशका पूर्व सभामुख तथा पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । पोखरा महानगरपालिका ईञ्चार्ज दीपक कोईरालालाई माओवादीले गोरखा जिल्ला ईञ्चार्ज बनाएर पठाएको छ । माओवादीले बागलुङकी बलावती शर्मालाई पर्वत जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ भने स्याङ्जा जिल्ला ईञ्चार्ज शैलेन्द्र घिमिरेलाई तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको छ । माओवादीले तनहुँकी आशा खनाललाई लमजुङ जिल्ला ईञ्चार्ज बनाएको छ ।यसैगरी, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा कास्कीका अमर तमु, बागलुङमा गोविन्द पौडेल र मुस्ताङमा कपिल लामालाई जिल्ला ईञ्चार्ज बनाएको छ । माओवादीले प्रत्येक जिल्ला ईञ्चार्जलाई सो जिल्लाको कुनै एउटा पालिकाको ईञ्जार्जको जिम्मेवारीपनि सुम्पेको छ । बैठकले प्रदेशका सबै जिल्ला हेर्ने जिम्मेवारी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेललाई तोकेको छ भने केन्द्रीय सदस्य यशोदा सुवेदीलाई नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला तथा हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जा जिल्ला हेर्ने जिम्मेवारी दिएको छ । त्यसैगरेर प्रदेश अध्यक्ष गायत्री गुरुङलाई जातीय मोर्चाको जिम्मेवारी तोकेको छ भने अटिन्द्र केशरी न्यौपानेलाई कार्यालयसँगै प्रेस सेन्टर गण्डकीको फ्रयाक्सन ईञ्चार्ज तोकेको जनाइएको छ ।माओवादीले जिल्ला ईञ्चार्जसँगै प्रदेशका सबै पालिका तथा वडाहरुको ईञ्जार्चको जिम्मेवारीपनि हेरफेर गरेको छ । जस अनुसार कास्कीको पोखरा महानगरपालिकाको ईञ्चार्ज स्याङ्जा जिल्ला ईञ्चार्ज पारसमणी पौडेललाई दिइएको छ । माओवादीको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक सुलिकोट वडा नं ८ मा जाने हुनुभएको छ । प्रचण्ड पुग्ने वडा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा हो । माओवादीले प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिएर फिल्डमा खटाउने निर्णय गरेको प्रदेश ईञ्चार्ज पौडेलले जानकारी दिनुभयो ।    
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP