शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मन्त्री जुग्जालीद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक
मन्त्री जुग्जालीद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ५, २०८०
Resham jukjeli press meet (1)
पोखरा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुभयो । “मैले पदभार सम्हाल्दा यस मन्त्रालय अन्तरगतका ४७ वटा आयोजनाको काम रोकिएको थियो,” उहाँले भन्नुुभयो “३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्किसकेका छन् । १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन केन्द्रित भएका छौ ।” चालुु आर्थिक वर्ष २०८०÷८१ मा ३० लाख भन्दा कम बजेटका योजना नबनाएको मन्त्रालयले टुुक्रे योजनाको कटौति गरेको छ । गत वर्ष एक हजार ८०० योजना रहेकोमा चालु वर्षमा एक हजार एक सय वटा कायम भएका छन् । “विगतमा ठेक्का लागेका आयोजनाहरुलाई निरन्तरता दिन र सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्था गरिएको छ,” मन्त्री जुुग्जालीले भन्नुुभयो “योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाई भार कम पर्ने, योजना कार्यान्वयन नियमन र अनुगमन सहज हुने, प्रशासनिक लागत घट्ने र उपलब्धी देखिने अपेक्षा गरेका छौ ।” मन्त्री जुुग्जालीले पदभार सम्हाल्ने क्रममा गर्नुुभएको प्रादेशिक सडक सञ्जाल गुरुयोजनको मस्यौदाका लागि गठन भएको प्राविधिक सहयोग समितिले प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुुगेको छ ।  २१ करोड रुपैयाँको आपतकालिन सडक मर्मत सम्भार कोष खडा गरि प्रदेश सरकार अन्तरगतका सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्न बर्खा याममा अवरुद्ध सडकहरुको मर्मत सम्भार गरिएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशका मुुख्य र सहायक राजमार्ग तथा जिल्लाका प्रमुख सडकहरुको वैकल्पिक मार्ग पहिचान गरि यातायात सञ्चालनको व्यवस्था मिलाएको मन्त्रालयका उपसचिव टिकाराम पौडेलले जानकारी दिनुुभयो । मध्यपहाडी, पोखरा मुुग्लीन, कालीगण्डकी कोरिडोर लगायत संघीय सरकारका आयोजना कार्यान्वयनमा गति दिन सहजिकरण र समन्वय गरेको उहाँले बताउनुभयो ।चालुु आर्थिक वर्षमा  १२ अरब  रुपैयाँ भन्दा बढी बजेट बिनियोजन भएको मन्त्रालयले थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुुल र २० वटा झोलुुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ । पोखरा उपत्यकामा वि.स. २०७७ मा छ महिना सञ्चालन भएर बन्द भएको मिटरमा ट्याक्सी सञ्चालन गर्ने सेवा यही भदौ १ गतेदेखि पुुन सञ्चालन भएको यातायात कार्यालय कास्कीका प्रमुुख डिल्ली रिजालले बताउनुुभयो । मिटरमा ट्याक्सी सञ्चालन हुुन थालेपछि यात्रु ठगिएको र चर्को भाडामा मारमा परेको गुनासो न्युनीकरण हुने अपेक्षा गरिएको छ । सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरि विद्युुतीय कार दर्ता गर्ने प्रक्रीया अघि बढेको छ । यातायात कार्यालय कास्की सवारी चालक अनुुमतीपत्रमा अनलाइनबाट लाइसेन्स नविकरण गर्ने र बिहान ८ बजेदेखि सेवा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी साधनको लाइसेन्सको प्रयोगतात्मक परिक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई सम्झौताको तयारी भएको मन्त्री जुग्जालीले बताउनुभयो । बागलुङमा चार पाङ्ग्रेको लाइसेन्स सेवा शुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरेको र अन्य कार्यालयहरुमा पनि यो काम गर्न चालुु आर्थिक बर्षमा बजेट बिनियोजन भएको छ । यातायात क्षेत्रमा नितिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संसोधन तथा नियमावली र कार्यबिधी निर्माणको काम भैरहेको मन्त्रालयले जनाएको छ ।  
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:३०
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP