शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना युएईको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम (तस्बिरहरु)
मोना युएईको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज १, २०८०
377105115_1492095988213761_6251415912381815786_n
बेनी । युएईमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईमा संरक्षक ई.नन्द गर्बुजाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएको बताउनुभयो । मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । केही वर्ष यता पश्चिमा संस्कृतिको प्रभाव पर्दै जाँदा रीतिरीवाज ओझेलमा परेको उहाँले बताउनुभयो । मोना युएईका महासचिव काजीमान बुढाथोकीका अनुसार ,कार्यक्रममा नेपाल वायु सेवा निगमकी कण्ट्री म्यानेजर अस्मिता सुवेदी, पर्वत सेवा समाज युएईका अध्यक्ष तिलक सापकोटा, सल्लाहकार भिम कुमार राना, तनहुँ सेवा समाजका महासचिव सुरिन भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाली सोसियल एण्ड स्पोर्ट्स ग्रुप रासलखेमाका अध्यक्ष भरत गौतम र निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार जीवन सिग्देल ,लमजुङ सेवा समाजका सल्लाहकार तथा क्षेत्रीय तामाङ समाज रास अल खेमाका उपाध्यक्ष विकास थिङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सफल व्यवसायी तथा मोना युएईका संरक्षक प्रकाश कार्कीले सहभागी महिलाहरुलाई कस्मेटिक गिफ्ट वितरण गर्नुभएको थियो । कार्यसमितिका अध्यक्ष सुवास राम्जालीको सभापतित्व ,महासचिव बुढाथोकीले संचालन गर्नुभएको कार्यक्रममा संयोजक तथा उपाध्यक्ष यामकुमारी रोकाको स्वागत गर्नुभएको थियो । कार्यक्रममा माया पुनले स्वागत थाली नाच र सोनु पुनले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP