शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना क्रोएसियाको अध्यक्षमा सुन्दास
मोना क्रोएसियाको अध्यक्षमा सुन्दास
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २, २०८०
mona ko
म्याग्दी । अध्ययन ,रोजगारी लगायत विभिन्न शिलशिलामा क्रोएसियामा रहेका म्याग्दीलीको साझा संस्था मोना क्रोएसियाको प्रथम अधिवेशनबाट रुपेश सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्बुजा, द्वितीय उपाध्यक्ष सुमन थापा, महासचिब प्रेम परियार, सचिब रमेश परियार, सहसचिब दिपा मल्ल, कोषाध्यक्ष कृष्ण बानियाँ, सह–कोषाध्यक्ष राम्जी पौडेल, महिला सँयोजक अन्जु फगामी,महिला सह–सँयोजक सुनिता बिक रहेका छन् । त्यसैगरी सदस्यहरूमा तेजेन्द फगामी, सुजन बैद्द,सुरज बैध कृष्ण केसी,जस बहादुर पुन, राजेश केसी,आषिश परियार “झिल्के“ अर्जुन रत्न, डिल रत्न, राजु रत्न,वीर रत्न, राम लामिछाने, केसर पुन,पुष्कर पुन,गोबिन्द सुन्दास रहेका छन् ।संस्थाको प्रमुख सल्लाहकार रामकृष्ण शर्मा, सल्लाहकार झलक जिसि, तेज सुन्दास रहेको मोना क्रोएसियाले जनाएको छ । अधिवेशनको उद्घाटन गदैं मोना अन्तराष्ट्रियका निर्वतमान प्रथम उपाध्यक्ष एवम् एनआरएनए नेदरल्याण्डका अध्यक्ष मिम पूर्जाले विश्वभर रहेका म्याग्देलीहरुको सञ्जाल मोनामार्फत विभिन्न कार्यहरु भइरहेकाले मोनामा आवद्ध हुन अनुरोध गर्नुभयो । उहाँले मोना म्याग्देलीको साझा संस्था भएकाले मोनालाई थप उचाईमा पुर्याउने कार्य गर्नुपर्ने बताउनुभयो । मोनाका हरेक गतिविधिलाई संस्थागत बनाउन राष्ट्रिय कार्यकारी समितिको योगदान हुने बताउनुभयो । अधिवेशनमा संस्थापक संयोजक रामकृष्ण शर्माले आफ्नो कार्यकालमा रचनात्मक सहयोग प्राप्त भएको बताउँदै मोनाका अभियानमा सक्रिय भएर लाग्ने बताउनुभयो । त्यस्तै नवनिर्वाचित अध्यक्ष सुन्दासले मोनाका गतिविधिलाई निरन्तरता दिदैं क्रोएसियामा रहेका सम्पूर्ण म्याग्देलीलाई मोनामा आवद्ध बनाउने अभियान सञ्चालन गर्ने बताउनुभयो। उहाँले मोनामार्फत क्रोएसिया र जन्मभूमिमा समेत विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP