शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  
ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली  
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज ४, २०८०
IMG_2395
पिप्ले  । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित बनाउने योजनामा प्रदेश सरकारले प्राथमिकता दिएर बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो । “अवको पाँच वर्षको अवधिमा म्याग्दीका सडक यातायातको क्षेत्रमा सुधार भएको नागरिकले महशुस गर्न पाउने गरि हामी लागिरहेका छौ,” उहाँले भन्नुभयो “मुख्य मुख्य सडकलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्य सहित आएको बजेटलाई सबै सचेत भएर गुणस्तरीय दंगले कार्यान्यनको वातावरण बनाउनुपर्छ । ”गण्डकी प्रदेश सरकार मार्फत पिप्ले देखि भगवतिको जोड्ने सडक कालोपत्र भएको र भगवति देखि बेग जोड्ने सडकलाई कालोपत्र गर्न योजनालाई निरन्तरता दिने मन्त्री जुग्जालीले बताउनुभयो । पिप्ले–रानीपौवा–रिसिनचौतारी–बेगखोलालाई बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डको विकल्पको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेपनि बनाखी लगायतका ठाउँको पहिरोले चुनौति सिर्जना गरेको बताउनुभयो । बनाखीको पहिरोको प्राविधिक अध्ययन गरेर निर्णय गरिने बताउनुभयो । बेनी देखि रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी जोड्ने सडक कालोपत्र गर्ने यसै वर्ष ठेक्का लागेर काम शुरु गर्ने तयारी गरेको र घुमाउनेताल–पिप्ले–मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–कुइनेमंगले जोड्ने सडकलाई त्यहाँ निर्माणाधिन जलविद्युत आयोजनाले पूर्णता पाएपछि स्तरोन्नति गरिने उहाँले बताउनुभयो । हरेक वडामा एकिकृत सामुदायिक भवन बनाउन आवश्यक रहेको बताउदै मन्त्री जुग्जालीले खेलमैदान लगायत खेल पूर्वाधारका लागि जग्गाको व्यवस्थापन गरेका क्लव, संघ संस्थालाई प्रदेश सरकारबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । सबै तहका जनप्रतिनिधि र कर्मचारीहरुले जिम्मेवार भएर जनताले विश्वास गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै भ्रष्ट्राचारको विरुद्ध सबै क्षेत्रबाट आवाज उठाउनुपर्ने र सचेत रहन आग्रह गर्नुभयो । पिप्लेका पूर्व वडा अध्यक्ष जिवनबहादुर मल्ल, रघुगंगा गाउँपालिकाका कार्यपालिका सदस्य सम्झना परियार, नेपाली काँग्रेसका वडा सभापति अशोक शाही, एमालेका वडा अध्यक्ष सुमन पौडेल र माओवादी केन्द्रका वडा अध्यक्ष नारायण सुवेदीले पिप्लेका समस्याका विषयमा मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो । हरितालिका तिज पर्वको अवसरमा पुरुष, महिला, प्रौढ भलिबल र बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । पुरुष भलिबल र बास्केटबलमा बिजेतालाई रु. सत्तरी हजार र उपबिजेतालाई रु. ४० हजार, प्रौढ भलिबलमा बिजेतालाई रु. ६० हजार र उपबिजेतालाई रु. ३५ हजार पुरस्कार व्यवस्था गरिएको छ । महिला भबिलबका बिजेतालाई रु. ३० हजार र उपबिजेतालाई रु. २० हजार पुरस्कार प्रदान गरिने नवसन्तोष युवा क्लवका मेला आयोजक समितिका अध्यक्ष सुशान्त मल्लले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०८:३२
थप म्याग्दी
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP