शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ऐतिहासिक धार्मिक स्थल ‘करबाकेली ’थानमा पुन समुदायको कुलपुजा (फोटोफिचर)
ऐतिहासिक धार्मिक स्थल ‘करबाकेली ’थानमा पुन समुदायको कुलपुजा (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १८, २०७६
karbakeli (9)

बेनी,बुधबार मंसिर १८ गते ।
म्याग्दीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल करबाकेली बाबाको थानमा पुन समुदायले कुलपुजा गरेका छन् । समुन्द्री सतहदेखी दुई हजार तीन सय मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपुर्ण गाउँपालिका –८राम्चे ,काफलडाँडामा रहेको करबाकेली बाबाको थानमा मंगलबार विविध पुजा गरिएको हो ।

तस्बिर सौजन्य: संगिता पुन

म्याग्दी लगायत देशभरी बसोबास गर्ने पुन समुदायको धरोहर कुल देवता ‘करबाकेली बाबा’को पुजा गरेका हुन् । करबाकेली थानमा हरेक बर्षको दुई पटक पुजा गर्ने चलन रहेको करबाकेली बाबा संरक्षण समितिका सचिव रबि गबुर्जा पुनले बताउनुभयो ।

तस्बिर सौजन्य: संगिता पुन

पछिल्लो समय राष्ट्रिय स्तरको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक दृष्टीकोणले पनि महत्वपुर्ण मानिएको करबाकेली बाबाको पुजा गर्ने भक्तजनको भिड बढेको छ । प्रत्येक बर्ष जेठको पहिलो मंगलबार र मंसिर महिनाको पहिलो मंगलबारका दिन करबाकेली थानमा विशेष कुल पुजा गरिन्छ । मंसिर महिनाको पहिलो मंगलबार भएको कुल पुजामा म्याग्दी र देशभरका विभिन्न ठाउँबाट मगर समुदायको उपस्थिती रहेको थियो ।

तस्बिर सौजन्य: संगिता पुन

पुन समुदायले परम्परागत रितिरिवाज अनुसार कुल देवता करबाकेलीको थानमा पुजा गर्दै आएका छन् । हरेक बर्षको जेठ र मंसिर महिनाको पहिलो मंगलबार करबाकेली बाबाको पुजा गरिदैं आएको सचिव गर्बुजा पुने जानकारी दिनुभयो ।करबाकेली बाबाको पुजा गर्दा मनोकामना पुरा हुने जनविश्वास छ ।करबाकेली बाबा संगै उनका जेठा छोरा रामचन र कुलचनको पनि पुजा गर्ने गरिएको सचिव गर्बुजा पुनले बताउनुभयो ।

तस्बिर सौजन्य: संगिता पुन

भाकल अनुसार करबाकेली बाबाको थानमा विशेष गरी जेठा छोरा रामचनलाई कुखुराको भाले र कान्छा छोरा कुलचनलाई भेडाको साँढ तथा बोकाको बली दिएर पुजा गरिँदै आएको सचिव गर्बुजा पुनको भनाइ छ । उहाँका अनुसार मंगलबार एक हजार बढी भक्तजनले पुजा तथा दर्शन गरेका छन् । विगतमा भन्दा करबाकेली बाबाको पुजा तथा दर्शन गर्ने भत्तजनको भिड बढेको छ ।

तस्बिर सौजन्य: संगिता पुन

रितिरिवाज अनुसार मंगलबार विहान मध्यान्ह रातिदेखी नै पुजारीहरुले करबाकेली बाबाको थानमा पुजा गरी सूरुवात गर्ने परम्परा रहेको करबाकेली बाबा संरक्षण समितिका अध्यक्ष देबेन्द्र पुर्जा पुनले बताउनुभयो । ‘करबाकेली पुन समुदायको कुल देवता मात्र नभइ सबै समुदायको धार्मिक आस्थाको धरोहर हो,’अध्यक्ष पुर्जा पुनल भने ।‘करबाकेलीबाबाको पुजा गर्दा खेतमा लगाइएको अन्नबालीको सुरक्षा र परिवारमा सुख शान्ति प्राप्ती संगै मनोकामना पुरा हुने विश्वास छ ।’

तस्बिर सौजन्य: संगिता पुन

स्थानीयको सक्रियतामा करबाकेली थानमा पुजा गर्न आउने भत्तजनलाई लक्ष्यित गरी लागि पक्की सडक, पदमार्ग‘करबाकेली इको ट्रेक’सामुदायिक लज र सभाहल, खेलमैदान लगायत विभिन्न पुर्वाधार निर्माण गरिएको छ । विसं २०६९ सालमा निर्माण भएको करबाकेली थानको एशियाको सर्वाधिक म्यागसेसे पुरस्कार विजेता महविर पुनले उद्धघाटन गर्नुभएको हो ।

तस्बिर सौजन्य: संगिता पुन

करबाकेली थान (मन्दिर )भित्र उहाँका दुई श्रीमती हिमला, फिमला ,जेठा छोरा रामचन र कान्छा छोरा कुलचनको मुर्ति राखिएको करबाकेली थान निर्माण समितीका संयोजक एवम् करबाकेली बाबा संरक्षण समितिका संरक्षक चाम बहादुर गर्बुजा पुनले बताउनुभयो ।

तस्बिर सौजन्य: संगिता पुन

साथै करबाकेली क्षेत्रमा सबै समुदायको पुर्खादेखीको रितिरिवाज, संस्कार र संस्कृति झल्काउने संग्रहालय निर्माण थालिएको छ । करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका गरी २५ वटा बढी गाउँ र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ । म्याग्दी भ्रमण बर्षलाई लक्ष्यित गरी पर्यटकीय गन्तव्यको रुपमा करबाकेली क्षेत्रलाई समेटिएको थियो । मंगलबार मगर समुदायको पुख्र्यौली ख्याली सोरठी नृत्य संगै सांगितिक प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १५:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP