शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एसईई र कक्षा १२का उत्कृष्ट विद्यार्थीलाई सम्मान
एसईई र कक्षा १२का उत्कृष्ट विद्यार्थीलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ६, २०८०
student vibes award 5
म्याग्दी । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका समिर सुबेदी र कक्षा १२ मा ३.६६ जिपिए प्राप्त गरी सामुदायिक तथा संस्थागत विद्यालय तर्फ धौलागिरी मै सर्बोकृष्ट (प्रथम) भएका बेनी सामुदायिक माविका हिमाल आचार्यलाई नगद १० हजार सहित सम्मान गरिएको छ। सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रतिभा मावि पोखराका प्राचार्य किरण सापकोटा र रेखा मेमोरियल ट्रष्टका सल्लाहकार तेजेन्द्र कार्कीले सम्मान गरेका थिए । सम्मान कार्यक्रमका बोल्दै प्रमुख अतिथि जिसस प्रमुख थापाले उच्च शिक्षापछि बैदेशिक गन्तब्य बनाउने होडबाट विद्यार्थी पछाडी हट्नुपर्ने बताए । कार्यक्रममा बिशिष्ट अतिथि प्रतिभा माविका प्रअ सापकोटाले लक्ष्य प्राप्तीका लागि विद्यार्थीले निरन्तर मेहनत गर्नुपर्ने बताए । सोही अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठ, निर्वतमान अध्यक्ष सन्तोष रावलले मन्तब्य राखेका थिए । नेपाल र अष्ट्रेलियाबाट एकसाथ शैक्ष्कि परामर्श दिइरहेको स्टुडेण्ट भाइसका निर्देशक बद्री बरुवाल अध्यक्ष रहेको रेखा मेमोरियल ट्रष्टमार्फत म्याग्दी र विभिन्न जिल्लामा भइरहेको सामाजिक कार्यका बारेमा समेत प्रस्तुत गरिएको थियो । स्टुडेण्ट भाइस र ट्रष्टले आगामी बर्ष समेत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने संस्थापक बरुवालले बताए । उनले विपन्नको उपचार, उच्च शिक्षा तथा अन्य सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गर्ने बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नेतृत्व तथा ब्यक्तित्व विकास सहितका शैक्षिक गतिविधिमा समेत सहयोग गर्ने गरी सरोकारवाला निकायसँग सहकार्य गर्ने जनाएको छ ।    
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २२:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP