शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा
बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज ९, २०८०
384314835_1400973027431655_7247975007357288479_n
बेनी । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा ऋण सहकारी संस्थाकोले केयर समिक्षा कार्यक्रम आयोजना गरेको हो । केयर समिक्षा गोष्ठीको उद्घाटन गदैं राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीहरुलाई सदस्य केन्द्रीत बनाउनुपर्नेमा जोड दिए। सहकारी संस्थालाई वित्तिय रुपमा प्रभावकारी बनाउन स्तरीकरण कार्यक्रम सहयोगी हुने बताए । उनले सहकारीहरुको संस्थागत अवस्था, वित्तीय व्यवस्थापन र सुशासनलाई प्रभावकारी बनाउन, कार्यविधिहरु निर्माणका लागि सहकारी बैंकले स्तरीकरण कार्यक्रम सञ्चालन गरेको बताए । त्यस्तै स्तरीकरण कार्यक्रमले अद्यावधिक गर्न, योजना निर्माण तथा समिक्षा, नेतृत्व व्यवस्थापनको दक्षता अभिवृद्धि गर्न, आन्तरिक नियन्त्रण प्रणाली, गैर वित्तीय पक्ष एवं वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने बताए । राष्ट्रिय सहकारी बैंकका सदस्य सेवा विस्तार विभागीय प्रमुख रामबाबु आचार्यले स्तरीकरण कार्यक्रममा चार तहमा सहकारीहरुको स्तर मापन हुने गरी सञ्चालित कार्यक्रमको पहिलो चरणमा आधारभूत तह, दोस्रोमा केयर, तेस्रोमा स्मार्ट र चौथोमा अन्तर्राष्ट्रिय तह रहेको बताए । बैंकको स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्दै सहकारी संस्थाले वित्तीय सुशासन कायममा सघाएको बताए । उनले वित्तिय र गैरवित्तिय सूचकले सहकारीका कर्मचारी र सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बनाएको बताए । केयर समिक्षा कार्यक्रममा सहभागी सहकारी बैंकले सञ्चालन गरेको केयर कार्यक्रममा आवद्धता पछि संस्थालाई संस्थागत रुपमा अगाडि बढाउन तथा कार्यविधिहरुसंगै समग्र अवस्था सुधारका लागि धेरै सहयोग पुगेको बताएका थिए । म्याग्दी र पर्वतका ७ वटा संस्थाको सहभागिता रहेको थियो ।कार्यक्रम लोकदिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षता तथा समिक्षा बैठकका बारेमा जानकारी र प्रवन्धक नेत्रराज सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो । बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुको मात्र सहभागितामा सञ्चालन हुन्छ । कार्यक्रममा बेनी वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक सज्जन शाक्य, लोकदिप वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक नेत्रराज सुबेदी, संगिनी वचत तथा ऋण सहकारी संस्था बेनीका प्रवन्धक तेज कुमारी बानिया (गंगा), विश्वामित्र बचत तथा ऋण सहकारी संस्था बेनीका प्रवन्धक सरस्वती बाँनिया, र कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था मिलनचोकका प्रवन्धक ओम प्रसाद शर्मा, मल्लाज बहुउदेश्यीय सहकारी संस्था पर्वत प्रबन्धक प्रेमबहादुर भण्डारी र मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य कोमलप्रसाद उपाध्याय आ–आफ्नो संस्थाको अवस्थाका बारेमा प्रस्तुती गरेका थिए । केयर समिक्षा कार्यक्रमका सहभागीहरुले सहकारी संस्थाहरुमा तरलता २० प्रतिशत कायम गर्ने गरी योजना बनाउने, भाखा नाघेको ऋण असुली प्रभावकारी बनाउने, ऋण सुरक्षण कोषमा आवश्यक रकम व्यवस्थापन गर्ने, वचत रकम कम हुन नदिनका लागि नयाँ नयाँ योजनाहरु बनाउने र सदस्यहरुका बीचमा जाने, सञ्चालकहरुको स्वमूल्यांकन एवं प्रभावकारीता मूल्यांकन गर्ने, कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन गरी लक्ष्य सहितको कार्ययोजना दिने, आगामी आर्थिक वर्षको वार्षिक योजना र बजेट तयार गरी कार्यान्वयन गर्ने, रणनीतिक योजना नभएका संस्थाहरुले रणनीतिक योजना निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP