शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • वाईसीएल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई आर्थिक तथा खाद्यन्न सहयोग
वाईसीएल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई आर्थिक तथा खाद्यन्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज १९, २०८०
received_312134438207024
म्याग्दी । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर परियारको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विहिबार पीडित परिवारले अस्थायी रुपमा बसोबास गरेको स्थानमा पुगी चामल, दाल, नुन, तेल, आटा, लगायतका खाद्यान्न तथा त्रीपाल, ओढ्ने ओछ्याउने लगायत अन्य कपडाहरु गरि रु ११ हजार ९ सय ७० रुपैयाँको सामग्री हस्तान्तरण गरिएको हो । त्यस्तै १२ हजार ६ सय रुपैयाँ नगद पनि सहयोग प्रदान गरिएको वाईसियल बेनी नगर कमिटीका सचिव गोकुल सुनारले जानकारी दिनुभयो । वाईसियलका पदाधिकारी, पार्टीका नेता तथा पार्टी निकट व्यवसायीहरुबाट रकम तथा सामग्री सहयोग संकलन गरि हस्तान्तरण गरिएको सचिव सुनारले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मंगला गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष याम बहादुर रोका, नेकपा माओवादी मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष सुकमाया रोका, मंगला गाउँपालिका वडा नम्वर ३ का पार्टी अध्यक्ष श्याम बहादुर थापा, वाईसियलका प्रदेश कमिटी सदस्य अर्जुन शाही र विद्यार्थी नेता सज्जन आचार्यको उपस्थिति रहेको थियो । पहिरोबाट घरबास गुमाएका शेर बहादुरको परिवारलाई तत्कालका लागि राहत पुगोस भनेर सहयोग प्रदान गरिएको वाईसियल म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । सहयोग ग्रहण गर्दै पीडित परियारले दुखमा साथ दिएकोमा वाईसियल म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अविरल वर्षाका कारण मंगलबार बेलुकी घरमाथिबाट आएको पहिरोले शेर बहादुर परियारको घर र गोठ पुर्ण रुपमा क्षति भएको थियो । घरमा रहेका लत्ताकपडा, खाद्यान्न तथा गोठमा रहेका भैसी, गोरु, बाख्रा लगायत पशुचौपायाहरुलाई पहिरोले पुरको थियो । परियारको ९ जनाको परिवारलाई स्थानीय आमा समुहको भवनमा अस्थायी रुपमा वस्ने व्यवस्था मिलाईएको छ । परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण परियारको परिवार विचल्लीमा परेका छन । पहिरो पीडित परिवारलाई राहत तथा व्यवस्थापनको कार्य भईरहेको वडा अध्यक्ष रोकाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP