शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो
अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि प्रकाश माविले जित्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २८, २०८०
IMG_5649
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक विद्यालय जनकल्याण माविलाई हराउँदै प्रकाश माविले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो । भलिबलको फाइनलमा शुन्यका विरुद्ध जनकल्याण माविलाई लगातार तीन सेटमा पराजित गरेर प्रकाश माविले उपाधि जितेको थियो । प्रतियोगितामा पहिलो सेट २५–२२, दोस्रो सेट पनि २५–२२ र तेस्रो तथा अन्तिम सेट २५–१५ नम्बरको अन्तरले प्रकाश मावि विजयी भएको हो । प्रतियोगितामा विजय हासिल गरेसँगै प्रकाश माविले नगद एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताबाट दोस्रो बनेको जनकल्याण माविले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बेस्टप्लेयर प्रकाश माविका प्रेम विक र बेस्ट स्पाइकर जनकल्याण माविका सुजन परियार घोषित भई पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै उत्कृष्ट खेल खेलाएको भन्दै प्रकाश माविका खेल प्रशिक्षक डिलप्रसाद श्रेष्ठ र बेस्टप्लेयर प्रेम विकलाई म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले नगद एकएक हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको थियो । उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै जनकल्याण माविका खेलाडीद्वय सुजन परियार र रुपेश परियारलाई विद्यालयका शिक्षक राजु किसानले नगद एकएक हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्नुभयो । सोही कार्यक्रमको अवसरमा जिल्लास्तरीय भलिबल प्रतियोगितामा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई विद्यालयको तर्फदेखि सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । प्रतियोगितामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले नगद एकलाख ३० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । सोही क्रममा राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र–२०७९ सालमा लिएको कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याई विद्यालय प्रथम हुन सफल छात्रा प्रकृति बानियाँलाई विद्यालयका अध्यक्ष बानियाँ, वडाअध्यक्ष गोविन्द बानियाँ, प्रअ कमल पौडेल र सहायक प्रअ शिव बानियाँ लगायतले अबिर र नगदसहित बधाई तथा शुभकामना दिनुभएको थियो । साथै विद्यालयले पाँचहजार रूपैयाँ र विव्यस अध्यक्ष बानियाँद्वारा पाँच हजारसहित नगद १० हजार रुपैयाँले सम्मान गरिएको शिक्षक प्रतिनिधि प्रकाश सुवेदीले बताउनुभयो । प्रतियोगिताको राष्ट्रिय रेफ्रीद्वय बागलुङका अम्मर पुन र पर्वतका पनि अम्मर पुनले एमपायरको भूमिकामा रहेर आफ्नो जिम्मेवारी निभाउनुभएको थियो । विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले विद्यालय परिवार सबै खटेर प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा धन्यवादज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि शैक्षिक गतिविधिसँगै खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्न विद्यालयलाई आग्रह गर्दै वडा कार्यालयमार्फत आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । कार्यक्रमको समापन गर्दै विव्यस अध्यक्ष बानियाँले खेलकुद जित्नु र हार्नु मात्र नभई मानव विकासको लागि शारिरीक, मानसिकलगायत व्यक्तिमा रहेको क्षमताको विकास हुन आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले विद्यालय तहमा हुने भलिबलसहित विभिन्न खेलकुदजन्य गतिविधिहरुले जिल्लामा समग्र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले स्वागत गर्नुभएको कार्यक्रम शिक्षक रेशम बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP