शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विश्वामित्र सहकारीको १२औं वार्षिक साधारण सभा
विश्वामित्र सहकारीको १२औं वार्षिक साधारण सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २८, २०८०
387490120_6756005887799744_548612180537658652_n
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार ४१ जना शेयर सदस्य रहेको सहकारीको गएको आर्थिक वर्ष २०७९÷०८० सम्म शेयर पुँजी तीन करोड ४६ लाख र लगानी २० करोड २६ लाख ५६ हजार दुईसय ७९ रुपैयाँ रहेको सहकारीले जनाएको छ । यसैगरी आम्दानीतर्फ दुई करोड ९५ लाख ८६ हजार एकसय २१ रहेकोमा खर्चतर्फ दुई करोड ७४ लाख ६४ हजार पाँचसय ८५ रुपैयाँ भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष यामबहादुर बानियाँले अध्यक्षको प्रतिवेदन, सचिव भीमबहादुर खत्रीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता बोगटीले आर्थिक र लेखा तथा सुपरीवेक्षण समिति संयोजक कमला बानियाँ थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य हुमाकुमारी जिसीले सहकारी संघसंस्थाहरुले वित्तीय कारोबार सँगसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संघसंस्थाहरुले व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी स्वदेशमै रोजगारको सिर्जना गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारीले कृषि, पशुपालनलगायत उत्पादनका क्षेत्रमा लगानी गरी आर्थिक उपार्जनको वातावरण बनाउनुपर्ने बताउनुभयो । सोही साधारणसभाको अवसरमा केन्द्रीय सदस्य जिसी र संघका जिल्ला अध्यक्ष कार्कीले सहकारी, सहकारीका सिद्धान्त, शेयर तथा बचत परिचालन, आर्थिक कारोबारको अवस्था, लगानीको क्षेत्राधिकार, वर्तमान समयमा सहकारीमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरुको विषयमा संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा समेत प्रदान गर्नुभएको थियो । साधारणसभाको अवसरमा विशेष बचततर्फ राजन बानियाँ, साधारण बचततर्फ चेतप्रसाद शेरचन, बाल बचततर्फ समृद्धि विक, स्वर्णिम बचततर्फ मनोज र मदन बानियाँ तथा असल ऋणी रनबहादुर सार्कीलाई नगदसहित सम्मान गरिएको थियो । सोही अवसरमा सहकारीको मानवीय सहायता कोषबाट रघुगंगा गाउँपालिका–२, राखुभगवतीका विनाकुमारी केसीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कृष्णसिङ बानियाँ र गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP