शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग
बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २८, २०८०
Beni Hospital ma minister ko visit (2)
बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र दरबन्दि अनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको छ । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दि रहेकोमा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा. अञ्जु थापाले बताउनुभयो । वि.स. २०७४ देखि शुरु भएको अस्पतालको ५० शैया क्षमताको भवन निर्माणले पूर्णता नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाईका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीहरुलाई कार्यबोभ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने अस्पतालमा चार देखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् । प्रसुतिरोग विशेषज्ञ समेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र विदा बसेको समयमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । पछिल्लो एक वर्षयता मानसीक रोग, जेष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको अस्पतालले बिहान ७ देखि साँझ ८ बजेसम्म अतिरिक्त समयमा बहिरंग सेवा दिने तयारी गरेको छ । मन्त्री सिम्खडाले प्रदेशभरका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभावको समस्याको दिर्घकालिन समाधानका लागि लोक सेवा आयोग मार्फत पदपुर्तिसँगै अल्पकालिन रुपमा करार जनशक्ति व्यवस्थापन गर्न पहल गरेको बताउनुभयो । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन सम्बद्ध कार्यालयलाई ताकेत ागर्ने बताउनुभयो । स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खत्री र प्रतिनिधिसभाका पुर्व सदस्य हरिराज अधिकारी पनि अस्पतालको निरिक्षणमा सहभागि हुनुभएको थियो । आइतबारनै मुस्ताङको जोमसोममा रहेको अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र र लेतेको धौलागिरि प्राविधिक शिक्षालयको अनुगमन गरि त्यहाँको गतिबिधि, सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिने र छलफल गर्नुभएको टोलीमा सहभागि मन्त्रीका स्वकीय सचिव सुभद्रा खड्काले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २०:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP