शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी बचत सहकारीको अध्यक्षमा सञ्जय श्रेष्ठ
बेनी बचत सहकारीको अध्यक्षमा सञ्जय श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज ३०, २०८०
बेनी बचत
बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद श्रेष्ठ, सदस्यहरुमा यजनलाल श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, तुलसीलता श्रेष्ठ, तप्तबहादुर बि.क, निरञ्जना श्रेष्ठ, कुबिरकुमार श्रेष्ठ र सतिश श्रेष्ठ चयन हुनुभएको छ । शिवप्रसाद कटुवाल क्षेत्रीको संयोजकत्वमा एकेन्द्रबहादुर रावल सदस्य रहनुभएको लेखा सुपरिवेक्षण समिति चयन भएको छ । सञ्चालक समितिका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभाको जेष्ठ सेयर सदस्य बेनबहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । साधारणसभाको अवसरमा सेयर सदस्यहरु हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, धनप्रसाद श्रेष्ठ र तमबहादुर थापालाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो । अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ, वेनबहादुर शाही, भेजबहादुर रावल, दलप्रसाद श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठलाई बेनी बचत आजिवन सहारा प्रदान गरिएको थियो । उत्कृष्ट कारोबारतर्फ संस्थागत तर्फ वेष्ट प्वाइन्ट मन्टेश्वरी र व्यक्तिगत तर्फ सुजाता श्रेष्ठ तथा उत्कृष्ट कर्मचारी अभिषेक केसीलाई पुरस्कृत गरिएको थियो । आर्थिक मन्दीले व्यवसायमा पारेको असरका साथै संस्थाबाट प्रदान गरिएको विभिन्न स्किम अन्तरगत गरी कर्जाको ब्याज तथा हर्जनामा रु। ११ लाख ५८ हजार ५२१ छुट गरिएको छ । विभिन्न शिर्षकमा रु। ३४ लाख ५८ हजार ९३० राजस्व तिरेको छ । कुल रु। एक अरब ६१ करोड ८९ लाख आठ हजार २२० को कारोबार गरेको सहकारीले गत आर्थिक वर्षमा रु। ९२ लाख ४३ हजार ९९७ खुद मुनाफा आर्जन गरेको जनाएको छ । गत आर्थिक वर्षमा रु। ५० करोड ९६ लाख ४६ हजार ५० सम्पत्ति रहेको सहकारीले आर्थिक वर्ष २०८०÷०८१ सम्म रु। ५७ करोड ५० लाख पु¥याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा रु। ३९ करोड नौ लाख ३२ हजार ४९ निक्षेप संकलन र रु। ३९ करोड पचास लाख ९५ हजार १७० ऋण लगानी गरेको छ । गत आर्थिक वर्षमा रु। तीन करोड ७३ लाख ६४ हजार छ सय सेयर रकम रहेकोमा चालु आर्थिक वर्षको अन्तमा रु। तीन करोड असी लाख पु¥याउने लक्ष्य राखेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । राष्ट्रिय सहकारी बैंकको ९केयर० र कोपोमिस सफ्टवेयर प्रयोगमा ल्याएको सहकारीले आर्थिक कारोबार र सेवालाई प्रबिधिमैत्री बनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP