शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ताकममा योग शिविर सम्पन्न
ताकममा योग शिविर सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक ३, २०८०
SONY DSC
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । [caption id="attachment_71215" align="alignnone" width="2048"] SONY DSC[/caption] “स्वास्थ्य जिवनका लागि योग साधना कार्यक्रम अन्तरगत शिविर आयोजना गरेका हौ,” उहाँले भन्नुभयो “योग अभ्यास मार्फत नागरिकलाई स्वस्थ्य बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।” शिविरको नविन आनन्द योग केन्द्रका संस्थापक नविन जुग्जालीले सहजिकरण गर्नुभएको थियो । शिविरको समापन कार्यक्रममा स्थानीय हरि भण्डारीले दश थान म्याट्रेस उपलब्ध गराउनु भएको थियो । [caption id="attachment_71217" align="alignnone" width="2048"] SONY DSC[/caption] उहाँले योग अभ्यास सञ्चालनका लागि साउण्ड सिस्टम र अन्य सामान पनि उपलब्ध गराउने घोषणा गर्नुभयो । अस्वस्थ खानपान, विचार, व्यवहार तथा तनावका कारण मानिसहरुमा विभिन्न किसिमका नसर्ने रोगको जोखिम बढेको छ । तनाव व्यवस्थापन, शारिरिक स्फुर्ति, तन्दुरुस्ती, स्वस्थ्य आहरा र सकारात्मक सोचको विकास गर्न योग शिविर प्रभावकारी बनेको वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । आगामी वर्षको कार्यक्रम र बजेटमा पनि योग शिविरलाई निरन्तता दिने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।  
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २१:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP