शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली
पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २८, २०८०
IMG_1037
बरंजा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारबाट बरंजामा चालु आर्थिक वर्षमा रु. १७ करोड भन्दा बढी लागतका योजना सञ्चालन हुने जानकारी गराउनुभयो । “पखेर देखि मंगला गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय जोड्ने सडक कालोपत्र सहित स्तरोन्नतिको काम यसै वर्ष शुरु गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा रु. दुई करोड बजेट बिनियोजन भएको यो सडकलाई रु. दश करोड बजेट बराबरको ठेक्का लगाउन प्रदेश सरकारले छनोट गरेको छ ।” पूर्वाधार विकास कार्यालय म्याग्दीले पखेर–बरंजा सडकको सर्वेक्षणको काम सकेर ठेक्का आव्हानको तयारी गरेको छ । बरंजा हुदै बाग्लुङको ताराखोला जोड्ने छोटो दुरीको सडकलाई पनि स्तरोन्नति गर्न लागिएको मन्त्री जुग्जालीले जानकारी दिनुभयो । “बागलुङको ताराखोलाका बासिन्दा जिल्ला सदरमुकाम बाग्लुङ बजार पुग्न तीन घण्टाको घुमाउरो बाटो प्रयोग गर्दै आएका छन । बेनी देखि बरंजा हुदै ताराखोलाको केन्द्र अर्गल दुई घण्टामै पुग्न सकिन्छ,” मन्त्री जुग्जालीले भन्नुभयो “गत वर्ष मार्ग खुलेको यो सडकलाई पनि स्तरोन्नति गर्न बाग्लुङतर्फ रु. पचास लाख बजेट बिनियोजन भएको छ । आगामी वर्ष थप बजेट व्यवस्थापन गर्छौ ।” बेनी–दरवाङ सडकको फापरखेत देखि पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण भएकाले बरंजाबासीलाई सहज भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने सडक स्तरोन्नितका लागि थप रु. दुई करोडको अर्को योजनाको पनि ठेक्का आव्हानको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिनुभयो । मंगला–४ का वडा अध्यक्ष लालबहादुर रोकाले  बरंजाको २ वटै वडाका बासिन्दा र जनप्रतिनिधिहरुबीच छलफल गरेर यो योजना मार्फत अप्ठ्यारो सडकलाई सुधार गर्न लागिएको बताउनुभयो । बेनी–थामडाडाङा–बरंजा सडक अन्तरगत बेनी नगरपालिका वडा नम्बर ४ र मंगला गाउँपालिका वडा नम्बर ३ को सिमाना स्थित अर्जेखोलामा २५ मिटर लामो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ । अर्जेखोलाको पुल निर्माण गर्न प्रमान सारस जेभीसँग रु. तीन करोड ४१ लाख १६ हजारमा असोज अन्तिम साता ठेक्का सम्झौता भएको हो । ठेक्का अवधी १८ महिना रहेको छ । रु. तीन करोड ४१ लाख १६ हजार लागत अनुमान गरिएको अर्जेखोला पुलका लागि चालु आर्थिक वर्षमा रु. एक करोड पचास लाख बजेट बिनियोजन भएको छ । सम्झौतापछि कार्यस्थलमा परिचालनको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन् । यसअघिका दुई वर्ष अर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण शुरु भएको थिएन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जुग्जालीले भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको मंगला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर रोकाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो । मन्त्री जुग्जालीले गाउँमा भित्रिएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि निगरानी, सहजिकरण र समन्वयका लागि जनप्रतिनिधि, अगुवा र स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो । “विकासका पूर्वाधार साझा हुन् । कसले जस पाउँछ भन्दा पनि जनताले लाभ पाउने विषयलाई महत्व दिनुपर्छ,” उहाँले भन्नुभयो “आफ्नो गाउँठाउँमा भित्रिएको बजेटको प्रभावकारी कार्यान्वयनमा सबै जुटौ ।” मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा रहेको महेन्द्ररत्न मा.वि.को छात्रावास भवनलाई प्रदेश सरकारले गाउँपालिकामा समपुरक अनुदान स्वरुप रु. पचास लाख पठाएको छ । गाउँपालिकाले प्रदेश सरकार बराबरको बजेट व्यवस्थापन गरेर योजना कार्यान्वयनको तयारी गरेको छ । मंगला ३ र ४ मा कृषि, सिचाई, खानेपानीका योजनाहरुमा पनि यसअघि भन्दा धेरै बजेट बिनियोजन भएको वडा नम्बर ४ का उमेश विकले बताउनुभयो । मन्त्री जुग्जालीले धापुङ, बुकेनी, खर्कका बासिन्दा र त्यहाँका जनप्रतिनिधिहरुसँग चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत बजेट बिनियोजन भएको योजना र कार्यान्वयनको तयारीका साथै स्थानीयको समस्याको बारेमा छलफल गर्नुभएको बुकेनीका बासिन्दा समेत रहेका माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिकले जानकारी दिनुभयो । मन्त्री जुग्जालीले बरंजाको खर्कको पहिरोको पनि निरिक्षण गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २०:०६
थप राजनिति
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP