शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • हिराकुमारीलाई मोना कतार बहुद्देश्यीय अक्षय कोषको आर्थिक सहयोग
हिराकुमारीलाई मोना कतार बहुद्देश्यीय अक्षय कोषको आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर २०, २०८०
received_339165635526010
बेनी । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै पुगेर १५ हजार ५५५ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । बैदेशिक रोजगारीमा समस्यामा परेका म्याग्देली तथा उपचार सहित विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको मोना कतार बहुद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य हरिकृष्ण गौतम, मोना कतारका पूर्व उपाध्यक्ष पुन्य चोखालले हिराकुमारीलाई रकम हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–९ का निर्वतमान वडा सदस्य अम्मरबहादुर बस्नेत, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ, काउँलेगौडा यूवा क्लवका पूर्व अध्यक्ष चिरिञ्जीवि सुबेदी लगायतको उपस्थिती रहेको थियो ।सोही अवसरमा मोना कतारका निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी ५ हजार सहयोग गरेका थिए । जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखालले आर्थिक सहयोग गर्ने संघसंस्था र ब्यक्तिलाई धन्यवाद दिईन् । उनले आर्थिक सहयोगलाई छोराछोरीको शिक्षादीक्षामै खर्च गर्ने बताईन् । यता मोना कतार बहुद्देश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्कीले बैदेशिक रोजगारीमा समस्यामा परेकालाई प्राथमिकताका आधारमा सहयोग गर्ने बताए । ‘संस्था स्थापनाकालमै छ, हामीले सानो सहयोगमार्फत पीडितको घरसम्म पुग्ने प्रयास मात्रै गरेका छौ’ अध्यक्ष कार्कीले भने । उनले गैरकानुनी रुपमा बैदेशिक रोजगारीमा महिला दिदीबहिनीलाई जानुपर्ने अवस्थाको अन्त्य गर्ने सचेतनामुलक अभियान सहितका कार्यहरु गर्नुपर्ने बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  २०:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP