शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग
नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर २८, २०८०
IMG_9545
म्याग्दी । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभा सदस्य हरी भण्डारी, पुर्व प्रदेशसभा सदस्य विनोद केसी, पाटीका प्रदेश सदस्य रिम केसी, बेनी नगरकमिटीका सचिव ज्ञानेन्द्र सुवेदी र जिल्ला सदस्य नरबहादुर भण्डारी लगायत स्थानीयले श्रमदान गर्नुभएको थियो । गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्याउन जीर्ण पदमार्ग रहेको ठाउँमा पक्की पदमार्ग निर्माण अभियान अन्तगरत श्रमदानस्थलमा जिल्ला समितिको तर्फबाट जिल्ला संयोजक जुग्जालीले दश हजार रुपैयाँ आर्थिक सहयोग वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवाललाई हस्तान्तरण गर्नुभएको त्यस्तै भगवती स्थित स्थानीय युवाहरुले सुरु गरेको रिसिनचौतारी हुदै सिरुबारी आर्यघाट जाने पदमार्ग निर्माण अभियानमा जूग्जालीले पदर्माग निर्माण अभियानका सदस्य आकाश केसीलाई १० हजार आर्थिक सहयोग पाटीको तर्फबाट उपलब्ध गर्नुभएको थियो । श्रमदान गर्न पुग्नुभएका मन्त्री जुग्जालीले राज्यको तर्फबाट गर्नुपर्ने काम समुदायको नेतृत्वमा श्रमदान र सहयोग जुटाएर गर्नुभएको कामको प्रंशसा गर्नुभयो । उहाँले निर्माण गरेको पदमार्गको अवलोकन गर्दै पूर्णता दिन प्रदेशबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गरेको पदमार्ग निर्माणका नेतृत्व गरेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका राखु भगवतीबासी लगायतबाट १६ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको बताउनुभयो । करिव एक किलोमिटर पाँच सय मिटर पदमार्ग बनाउन समुदायका युवाहरुले बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काममा श्रमदानमार्फत बेनी– जोमसोम सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेका छन् । आर्थिक सहयोग समुदायले मन खुलाएर गरेपछि ज्यालामा सिपालु हालेर पदमार्ग अभियानालाई निरन्तरता दिएको कटुवालले बताउनुभयो । विभिन्न पदमार्ग निर्माणमा खटिने व्यक्तिहरुलाई राखुस्थित विभिन्न टोलका आमासमूहले निशुल्क खाजाको ब्यवस्था गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:२४
थप म्याग्दी
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP