शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा
उद्योग वाणिज्य संघको धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ६, २०८०
IMG_3233
ताकम । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन थापा, उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुनुभएको छ । सदस्यहरुमा वासुदेव आचार्य, लालबहादुर सुुनार, सुजन पुन र भगवति सापकोटा रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्नुहुुदै धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले म्याद गुज्रीएका र अखाद्य बस्तुको बिक्री वितरण हुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा परेको भन्दै सचेत बनाउनुभयो । “डिलरहरुले ग्रामिण क्षेत्रमा म्याद नाघेका सामान पठाउने र यहाँका पसलहरुमा अनुुगमन गर्दा म्याद नाघेका सामान छ्याप छ्याप्ती भेटियो,” उहाँले भन्नुभयो “अखाद्य बस्तुको बिक्री बितरणलाई कडाई र नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिन्छौ ।” आलुु, सुुन्तला लगायत कृषि उपजमा आधारित उद्यमको प्रर्वद्धन र बजारीकरण गर्न गाउँपालिकाले पहल गरेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्यले धवलागिरी गाउँपालिकाको पर्यटन र जलविद्युत क्षेत्रमा सम्भावना रहेको बताउनुभयो । सम्भावनाको क्षेत्रमा लगानी भित्र्याउन निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । आन्तरिक राजस्व कार्यालय बाग्लुुङका कर अधिकृत मोहन आचार्यले व्यवसाय दर्ता, नविकरण, नियमित कारोबार विवरण अद्यावधिक गर्ने र व्यवसाय गर्न छाडेपछि बन्द गर्न आग्रह गर्नुभयो । धवलागिरी गाउँपालिका ७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले सिसाजन्य फोहोर व्यवस्थापनको चुनौति रहेको बताउदै सिसाजन्य फोहोर फिर्ता लैजान उत्पादकहरु जिम्मेवार बन्नुपर्ने बताउनुुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले मध्य पहाडी लोकमार्गको बाग्लुङ खण्डको विकल्पमा म्याग्दीको ढोरपाटन हुुदै रुकुम जोड्ने सडक निर्माणको काम अघि बढेकाले धवलागिरी गाउँपालिकाको बजारीकरणको सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा संघका सचिव मदन मल्ल र पुुर्व अध्यक्ष किरन थापाले विद्युत महसुल बुुझाउन समस्या भएको र व्यवसायीहरुलाई कर र कानुनको दायरामा रहेर व्यवसाय गर्न आग्रह गर्नुभयो । संघले विभिन्न संघ संस्था र व्यक्तिहरुलाई सम्मान गरेको थियो ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP