शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता
केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ ८, २०८०
received_1395873444648969
दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा पोलिक्लिनिकको तर्फबाट संचालक द्धय अभिषेक जिसी र सरोज घर्ती मगरले हस्ताक्षर गरी एकापसमा हस्तान्तरण गर्नुभएको हो । सम्झौता अनुसार पोलिक्निकले विद्यालयका विद्यार्थी,अभिभावक र शिक्षक÷कर्मचारीहरुको निशुल्क दन्त परीक्षण, एक्सरे,भिडियो एक्सरे,ल्याव,इर्मेजेन्सी लगाएतका सेवाहरुमा ३० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी पोलिक्लिनिकबाट प्रवाह गरिने अन्य सेवाहरुमा पनि अवस्था हेरीकन छुट दिन सकिने उल्लेख गरिएको छ । पोलिक्निकबाट यी सेवाहरु केवि एकेडेमीमा पढ्ने विद्यार्थी, उनका अभिभावक र शिक्षक÷कर्मचारीहरुलाई मात्र विशेष छुटका साथ प्रदान गरिने भएकोले विद्यार्थी र शिक्षक कर्मचारीको हकमा विद्यालयको परिचय पत्र र अभिभावकको हकमा विद्यालयले दिने अभिभावक कार्ड अनिवार्य हुनुपर्ने पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालिका संचालक अभिषेक जिसीले बताउनुभयो । पोलिक्लिनिकले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थी र अभिभावकहरुलाई विशेष छुटका साथ स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्न लागेको संचालक जिसीको भनाइ छ । यसैगरी विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई बढी आर्थिक भार नपरोस् भन्ने उद्धेश्यले विद्यालयले पोलिक्लिनिकसँग सम्झौता गरेर विद्यार्थी र अभिभावकको स्वास्थ्योपचारमा सहयोगी भूमिका निर्वाहा गरेको विद्यालयका संचालक÷ निर्देशक हिराबहादुर पुनले बताउनुभयो । पुनका अनुसार निकट भविष्यमा अभिभावकहरुको सुविधालाई मध्यनजर गर्दै यातायात व्यवसायीहरुसँग पनि विद्यालयका अभिभावक र विद्यार्थीहरुलाई भाडा छुटको व्यवस्था विद्यालयले गर्न लागेको छ । केवि एकेडेमीमा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावकहरु बेनी र पोखरासम्म सम्झौता गरिएको यातायात व्यवसायीको यातायातका साधन (बस) मा जाने वा आउने क्रममा व्यवसायीले भाडामा छुट दिने विषयमा कुरा भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी स्टेशनरी सामाग्रीहरुमा पनि छुटको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । विद्यालयका प्रिन्सिपल बिमल शर्माले विद्यालयले गुणस्तरीय शिक्षा,अतिरिक्त क्रियाकलाप,चरित्र निर्माण,खेलकुददेखि लिएर विद्यार्थी तथा अभिभावकको स्वास्थ्य र यातायातमा समेत विशेष कार्यक्रमहरु ल्याउन लागेको र यही फागुन २ गते सरस्वती पूजाका दिनदेखि अभिभावक र विद्यार्थीहरुले धेरै कुराहरुमा राहत महशुस गर्न पाउने गरी कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । त्यसैगरी विद्यालयले फागुन २ गते परेको सरस्वती पूजा पनि यस वर्ष विशेषरुपले आयोजना गर्ने निर्णय गरेको प्रिन्सिपल शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २१:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP