शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २१, २०८०
purbadhar-office-myagdi
बेनी । म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक स्तरोन्नति योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । चालुु आर्थिक वर्षमा रु. दुई ÷दुुई करोड बजेट बिनियोजन भएको यी दुई वटै सडक योजनाका लागि गण्डकी प्रदेश सरकारले रु. नौ करोड ९९ लाख ३३ हजारका दरले बजेट व्यवस्थापन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा बहुबर्षीय ठेक्काका लागि प्रस्तावित यी दुई आयोजनाका लागि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ सम्मका लागि बजेटको स्रोत सुनिश्चितता गरेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले चालु आर्थिक वर्षमा रु. दुई÷दुई करोड बजेट बिनियोजन भएका ती आयोजना कार्यान्वयनका लागि रु. स्रोत सुनिश्चिता भएको बजेटको आधारमा ठेक्का प्रक्रीया अघि बढाइएको बताउनुभयो । हाल कच्चि अवस्थामा रहेका सडकलाई फराकिलो बनाउने, नाली निर्माण, घुम्ति तथा ग्रेड सुधार, ढलान गर्न लागिएको हो । मार्ग खुलेको करिब १५ वर्षपछि सडक स्तरोन्नति हुन लागेको बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो । सडक स्तरोन्नति भएपछि आवत जावत सहज र सुरक्षित तथा दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने उहाँले अपेक्षा गर्नुभयो । प्रदेश सरकारले यसअघि म्याग्दीको बेनी–तोरीपानी हुदै पाखापानी सडकका लागि रु. २० करोड र दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतीका लागि रु. २५ करोडको बजेट स्रोत सुनिश्चितता गरेको थियो । दुई वटै सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भइसकको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–तोरीपानी र दरवाङ–ढोरपाटन सडकको धारापानी–ताकम–शिवाङ क्षेत्रमा कालोपत्र सहित सडक स्तरोन्नति हुन लागेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले बताउनुभयो । बहुबर्षीय योजनाका लागि छनौट भएका म्याग्दीका थप तीन वटा सडक, दुई वटा मोटरेबल पुलका लागि स्रोत सुनिश्चितताको प्रक्रीयामा रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताउनुभयो । मालिका गाउँपालिकाको अदिभारा–डाडागाउँ–सोले सडकका लागि दश करोड, दरवाङ–खारा–बिम सडकलाई रु. बीस करोड बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ । धवलागिरी गाउँपालिका–२ को दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुल निर्माणका लागि बहुबर्षीय योजना छनौट भएको छ । मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ बरंजाको सिमाना भएर बग्ने अर्चेखोलामा २५÷२५ मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २०:४६
थप म्याग्दी
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP