शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक
अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २१, २०८०
IMG_3764
डाडागाउँ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने क्रम घटाउन नीतिगत सुधारको लागि आवाज उठाउने बताउनुभयो । “विद्यालयको पूर्वाधारसँगै दक्ष जनशक्तिको व्यवस्थापनका लागि नीति नियम बनाउन हाम्रो तहबाट पहल हुन्छ,” उहाँले भन्नुभयो “सामुदायिक विद्यालयप्रति विश्वास र आकर्षण बढाउन शिक्षक, अभिभावक, विद्यार्थी र समाजले पनि चासो दिनुपर्छ ।” सांसद भण्डारीले गण्डकी प्रदेश सरकार मार्फत अदिभारामा मोटरेबल पुल निर्माण शुरु भएको र अदिभारा देखि डाडागाउँ हुदै सोलेडाडा जोड्ने सडक स्तरोन्नतिका लागि रु. दश करोडको बहुबर्षीय ठेक्का आव्हानको तयारी भएको बताउनुभयो । उहाँले पात्ले, लुप्सीपार लगायत बस्तीमा विद्युतीकरणको काम भइरहेको बताउनुभयो । विद्यालयको अधुरो भवन निर्माणलाई पूर्णता दिन पहल र समन्वय गर्ने सांसद भण्डारीले प्रतिवद्धता जनाउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले जोड दिएको बताउनुभयो । मालिका गाउँ कार्यपालिकाका सदस्य दलबहादुर खड्काथोकीले शिक्षाको पहुँच विस्तार मार्फतनै सामाजिक रुपान्तरण सम्भव भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर घर्तिले दरबन्दीको व्यवस्था मिलाउन माग गर्नुभयो । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका सचिव लालबहादुर घतानले विद्यार्थीको सिकाई उपलब्धी बढाउन जोड दिनुभयो । प्रअ थमबहादुर पुनले २३० जना विद्यार्थीहरु रहेको विद्यालयको ६–१० तह निजी स्रोतबाट सञ्चालन भएको बताउदै विद्यालयको भौतिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर पुनको अध्यक्षता र शिक्षक उमेश कडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । लठो तान्ने खेल खेलाइएको थियो ।    
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २२:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP