शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधिसभा
नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधिसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ २८, २०८०
423472349_1057238205332172_8373343397568298563_n-1024x576
बेनी । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।पालिकाको वडा नम्बर ६ स्थित पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै समाज निर्माणमा शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा सबैले सोच्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले विद्यालयको गुणस्तर सुधारमा शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो। कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ६का अध्यक्ष मनकुमार शेरपुञ्जा र नेपाल शिक्षक संघ संघिय कार्यसमिति सदस्य कल्याण सुबेदी, निवर्तमान अध्यक्ष युकुमार गर्बुजा, जिल्ला उपाध्यक्ष चन्द्र्मान छन्त्याल लगायतले बोल्नुभएको रघुगंगा कार्यसमितिका सचिव बिष्णु प्रसाद रेग्मीले बताउनुभयो । शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्ष गुन मुनको अध्यक्षतामा भएको कार्यक्रममा रघगंगा कार्यसमितिका सह सचिव प्रेम थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा आठ जना स्थायी र १५ जना नयाँ शिक्षकहरुलाई स्वागत तथा सम्मान गरिएको रेग्मीले जानकारी दिनुभयो । विभिन्न विद्यालयका शिक्षहरुबाट सांङ्गितिक प्रस्तुति रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रमा पौडेल गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव विष्णु प्रसाद रेग्मी गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP