शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम
सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन १५, २०८०
singa beautisean (12)
सिंगा । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो ।तालिममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरका सञ्चालक गंगा कार्कीले व्यवहारिक रुपमा सोन्दर्यकला सम्वन्धी तालिम दिनुभएको थियो । तालिम समापन समारोहमा बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछाने, नगरपालिकाका शिक्षा उपसचिब हेमचन्द्र पौडेल, वडा अध्यक्ष अर्णबहादुर खड्का, वडा सदस्य प्रेम श्रीष, वडा सचिब विनिता रेग्मी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्मा लगायतले सहभागीहरुलाई प्रमाणपत्र र प्रशिक्षक कार्कीलाई केन्द्रको तर्फबाट प्रसंसापत्र वितरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर लामिछानेले सिकेको सिपलाई आयआर्जन र स्वरोजगारमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न व्यवसायिक रुपमा सौन्दर्यकला सम्वन्धी पेसामा आबद्ध हुनुपर्ने बताउँदै नगरपालिकाले महिलाहरुका लागि विभिन्न सिपमुलक र स्वरोजगारमुलक तालिम मार्फत आत्मनिर्भर बनाउने प्रयास गरेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका शिक्षा उपसचिब पौडेलले साक्षरता बढाउन स्थापना भएका सिकाई केन्द्र सिप र स्वरोजगारमुलक सिप सिकाईमा सक्रिय बन्नु रचनात्मक भएको बताउनुभयो । उहाँले सिकाई निरन्तर सञ्चालन हुने प्रकृया रहेको बताउँदै सिकाई केन्द्र मार्फत भएका आयआर्जन सुधार र जीवन्त सिकाईका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष खड्काले आधारभूत सौन्दर्यकला तालिम लिएकाहरुलाई थप क्षमता विकासको लागि वडाले पहल गर्ने प्रतिबद्धता जनाउँदै सिकेको सिपलाई खेर जान नदिन सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षक कार्कीले तालिम आधारभूत तहको भएपनि आफुले तालिम अवधिमा सहभागीहरुलाई डिप्लोमा तहको समेत तालिम प्रदान गरेको बताउनुभयो । शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत प्रसाद शर्माको अध्यक्षता, सहभागी प्रमिला शर्माको मन्तव्य र सिकाइ केन्द्रका परिचालक सिता थापा कुँबरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.स. २०६९ सालमा स्थापना भएको शिवालय सिकाई केन्द्रले यस अघि व्यवसायिक तरकारी खेती सम्बन्धी तालिमका साथै कृषकहरुलाई बल विउ वितरणका साथै समुहहरु मार्फत आयआर्जन सुधारका गतिविधि सञ्चालन गर्दै आएको छ । साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम समेत गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP