शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा चैत्र २७ गतेदेखि पाँचौं उत्साही कप संचालन हुने
बेनीमा चैत्र २७ गतेदेखि पाँचौं उत्साही कप संचालन हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन २३, २०८०
431488589_1087285755721986_7505158007798782732_n
म्याग्दी । नव उत्साही समुह जलजला –३, पर्वतबेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते निधन भएको थियो । वुधबार क्लवको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रतियोगिताको तयारी थालिएको जानकारी गराउनुभयो । प्रतियोगिताका लागि आर्थिक संकलन, प्रचारप्रसार लगायतका कार्य सुरु गरिएको छ, उहाँले भन्नुभयो ।२०८१ वैशाख १ गते सम्म संचालनहुने प्रतियोगिताको प्रथम पुरस्कार ७० हजार १ सय ११ र द्वित्तिय पुरस्कार ३५ हजार १ सय ११ ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । अनुशासित टिमलाई रु ७ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव राजकुमार परियारले जानकारी दिनुभयो । प्रतियोगितामा साविक धवलागिरी अंचल भित्रका क्लव तथा खेलाडीहरुले भाग लिन पाउनेछन । एक समुहमा ३ जना मात्र वाहिरका खेलाडी समावेश गर्न पाईने नियम बनाईएको सचिव परियारले बताउनुभयो । प्रतियोगिता संचालनका लागि ४ लाख वढि खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ जना व्यक्तिहरुलाई सम्मान समेत गरिने भएको छ ।क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ र उहाँका दाजु मनोज श्रेष्ठले अष्ट्रेलियाबाट प्रथम प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य गर्नुभएको छ । त्यस्तै क्लवका पूर्व खेलाडी सन्देश÷स्वदेश श्रेष्ठ हाल अष्ट्रेलिया तथा पूर्व खेलाडी माधव सुवेदी हाल अमेरिकाबाट प्रतियोगिताको द्वित्तिय पुरस्कार सौजन्य गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दिलिप कुमार वरुवालले प्रतियोगितालाई निष्पक्ष रुपमा संचालन गर्नका लागि प्रत्यक्ष खेलाडीहरुको उपस्थितिमा गोलापर्थाद्वारा टाईसिट गराउने व्यवस्था गरिएको बताउनुभयो ।२०६१ सालमा स्थापना भएको क्लवले वर्षेनी खेलकुद, साहित्यीक, सांस्कृतिक तथा विविध सामाजिक गतिविधिहरु संचालन गर्दै आएको अध्यक्ष वरुवालले बताउनुभयो । कार्यक्रममा समाजसेवी राम बहादुर श्रेष्ठ तथा समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । क्लवले आयोजना गर्ने उत्साही कपबाट बचेको रकमले ३ जना खेलाडीहरुलाई फुटबल प्रशिक्षणका लागि पोखरा पठाउदै आएको छ । यस वर्ष पनि राम्रो सम्भावना भएका खेलाडीहरु छनौट गरि थप खेल क्षमता विकासका लागि प्रशिक्षणका लागि पठाईने क्लव सचिव परियारले बताउनुभयो ।कार्यक्रम समुहका अध्यक्ष श्रेष्ठको अध्यक्षता र सचिव परियारको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १८:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP