शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन (तस्बिरहरु)
एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २४, २०८०
431835045_3682291418721212_1115646433835063403_n
दरबाङ ।। समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा बिकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ ।नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । ‘केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको समयमा भएका बिकास निर्माण धेरै थिए तर हामीले प्रचार गरेनौं काम गरेका थियौं ।पश्चिम म्याग्दीको दरवाङ हुँदै ताकम–मुना जोड्ने सडक होस या बिम र मराङ जोड्ने लामो झोलुङ्गे पुल–हाम्रै पालामा शुरु भएको हो । धौलागिरी लगायतका धेरै हिमाल म्याग्दीमै पर्ने तर पनि हिमाली जिल्लाको रुपमा सुचिकरण भएको थिएन एमाले नेतृत्वको सरकारकै समय र म्याग्दीमा नरदेवी पुन प्रदेशमा तथा संघमा म आफै रहेको समयमा सबै प्रकृया पुरा गरेर हिमाली जिल्लाको रुपमा सुचिकृत गर्न सफल भएका थियौं ।एमाले नेतृत्वमा सामाजिक सुरक्षा भत्ता सुरु भयो र बढेर चार हजार मासिक पुग्यो, सरकारी सेवामा रहेका सबैको तलब पनि एमालेकै पालामा बढेको थियो त्यस पछि अहिले बढ्न सकेको छैन् ,’उहाँले भन्नुभयो । प्रत्येक वडामा स्वास्थ्यचौकी, प्रत्येक पालिकामा अस्पताल परिकल्पना गरीयो र कार्यान्वनको चरणमा पु¥याएको पनि एमाले नेतृत्वको सरकारकै पालामा हो । नेकपा एमालेले अरुले भन्दा फरक मात्रै नभएर दिगो काम गर्ने गरेको तर्फ संकेत गर्दै एमालेका केन्द्रीय सदस्य तथा मुस्ताङ जिल्ला इन्चार्ज थापाले भन्नुभयो गठबन्धन तोडियो अब कम्युनिष्टहरु एकापट्टी भएका छन् यो राम्रो संकेत हो । कांग्रेसबाट माओवादीलाई छुटाइयो र हामीले सहयोग गरेका छौं बिनाकुनै फरक दावी सहित । मन्त्रालय भागवण्डामा पनि हामीले केही दावी गरेनौं दिएको लिएर समर्थन् गरेका छौं हामी सरकारलाई पूर्ण सहयोग गर्छौं उहाँले भन्नुभयो ।नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले देशै भरमा पहिलो पटक स्थानिय तहको अधिवेशन थालेको र आउने निर्वाचनमा पनि पहिलो पार्टी हुने दावी गर्नुभयो । धवलागिरी गाउँपालिकाबाट थालेका पालिका अधिवेशन नेपालमै पहिलो र मालिका गाउँपालिकामा भएको अधिवेसन पनि सम्बभत देशैभरमा दोश्रो भएको बताउनुभयो । कुनै पनि स्थानमा जिम्मेवारी लिने र लिएको जिम्मेवारी पुरा नगर्ने प्रबृत्ती हट्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो जुनसुकै ठाउमा पनि अधिवेशन हुँदा दावी गर्न पुग्नेहरु भोलीपल्टैबाट जिम्मेवारीका कुनै काम नगर्ने प्रबृत्ति धेरै ठाउँमा छ त्यसैले जिम्मेवारी लिएपछि काम गरिनु पर्छ काम नगर्नेले जिम्मेवारी पनि लिन हुँदैन ।मिसन २०८४ लाई अझै बलियो र मजबुत बनाउनका लागि अहिलेको गठबन्धन निकै फलदायी हुने उहाँको तर्क थियो । देशका कम्युनिष्टहरु एकै कित्तामा उभिएको अहिलेको अवस्थाले मिसन ०८४ लाई कसैले छेक्न नसक्ने उहाँले उद्घोष गर्नुभयो । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा मालिका गाउँपालिकाकी पूर्व उपाध्यक्ष खरमायाँ बिटालुले महिला सहभागिताले देशलाइ अग्रगतिमा लाने बताउँदै महिला सहभागिता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले समावेशी तबरले काम गर्नका लागि नेकपा एमालेबाट अरुले पनि सिक्नु पर्ने बताउनु भयो ।कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोका, खड्ग गिरी, जिल्ला कमिटी सदस्य बेगप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले मन्तव्य राख्नु भएको थियो । नेकपा एमाले मालिका गाउँपालिका कमिटीका कार्यावाहक अध्यक्ष दलमान पुनको अध्यक्षता र मालिका गाउँपालिका–२ का अध्यक्ष उदयकु बुढाथोकीको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्तनाथ सुवेदीले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP