शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम
धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ३, २०८०
IMG_2887
बेनी ।म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोजना, वडा कार्यालय पुलाचौर र जगन्नाथ मन्दिर व्यवस्थापन समितिसँगको समन्वय तथा सहकार्यमा जगन्नाथ क्षेत्रमा पर्यटकहरुको आगमन बढाउने उद्देश्यसहित पर्यटन पवद्र्धन कार्यक्रम गरिएको म्याग्दी जेसीजले जनाएको छ । म्याग्दी जेसीजको लोगो अङ्कित उक्त बोर्डमा ‘द हेरिटेज जगन्नाथ’ लेखिएको पर्यटकीय बोर्ड जगन्नाथ मन्दिर अगाडि गाडिएको छ । समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिरलाई पृष्ठभूमीमा पारेर फोटो र भिडियो लिने गरी पर्यटकहरुलाई लक्षित गरेर बोर्ड जडान गरिएको हो । पर्यटकीय बोर्डको अनावरण गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले म्याग्दी जेसीजले धार्मिक क्षेत्र जगन्नाथमा जडान गरेको पर्यटकलक्षित बोर्डले नगर क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुको विकास र प्रवद्र्धनमा आवश्यक पहल थालिएको जानकारी दिनुभयो । धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले म्याग्दी जेसीजले व्यक्तित्व र नेतृत्व विकास सँगसँगै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले हिमाली जिल्ला म्याग्दी पर्यटकीय हिसाबले अब्बल भएको बताउँदै पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माले म्याग्दी जेसीजले राखेको पर्यटन बोर्डले जगन्नाथ क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा जगन्नाथ मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँ र म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सुमन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक देवेन्द्र घिमिरेको सञ्चालन र महासचिव सज्जन श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । उक्त पर्यटकीय बोर्ड निर्माणकार्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि एरियाबाट आर्थिक सहयोग भएको छ । म्याग्दी जेसीजले यसअघि पनि जिल्लाको पर्यटकीय क्षेत्रहरु लभ्लीहिल, ढोलठान दरबारलगायत क्षेत्रमा पर्यटन बोर्ड स्थापना गरेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २३:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP