शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम
बेनीमा श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ४, २०८०
received_326186380446743
बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सोमबार श्रमिक शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र सामाजिक विकास कार्यालय, म्याग्दीको समन्वयमा आयोजित कार्यक्रममा श्रमिकको न्यूनतम पारिश्रमिक, उनीहरुको अधिकार र रोजगारदाताको जिम्मेवारी र जवाफदेहिता लगायतको बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले श्रमसंग सम्बन्धीत अधिकार संविधान र विश्वव्यापी रुपमा सन्धीहरुमा उल्लेख रहेको बताउँदै श्रमिकको अधिकार र सुविधामा रोजगारदाताहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले श्रमिक सम्बन्धी ऐन, कानुन, उनीहरुको अधिकार र सुविधाको सन्दर्भमा रोजगारदाता र श्रमिक समेतलाई सचेतनाको जरुरी रहेको बताउँदै श्रमिक र रोजगारदाता दुबै जिम्मेवार बन्न सकेमा मात्रै श्रम अधिकारको प्रत्याभूति हुन सम्भव रहेकोमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले समेत अनिवार्य रुपमा श्रम स्विकृती लिएर मात्रै जान र अप्ठेरो परेको समयमा राज्यको आधिकारिक निकायमा खवर गर्न आग्रह गर्नुभयो । कार्यक्रममा होटल व्यवसायी बाबुराम आचार्यले रोजगारदाता र श्रमिक बिचको सुमधुर सम्वन्धले मात्रै सबैको अधिकार, दायित्व र जिम्मेवारी पुरा हुने बताउँदै यसले राज्यको अर्थतन्त्रमा समेत सघाउ पु¥याउने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले श्रमिक र रोजगारदाताको सम्वन्धले श्रमिकको अधिकार र सुविधामा पार्ने असर र प्रभाब तथा कानुनमा रहेका अस्पष्टतालाई टेकेर हुने श्रम शोषण लगायतको समस्याको बारेमा छलफल भएको थियो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका बरिष्ठ श्रम अधिकृत सुरेशराज ढकालले श्रम ऐन र श्रम अधिकारको बिषयमा, राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्रिप्रसाद वाग्लेले बालबालिका सम्वन्धी विद्यमान कानुनी व्यवस्था र बालश्रमको बिषयमा सहजीकरण गर्नुभएको थियो । कार्यालयका कारखाना निरिक्षक इन्जिनियर बलराम कुसवाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नायब सुब्बा जिवाखर शर्माले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २२:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP