शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगर अध्यक्षमा सोनिया राई
राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगर अध्यक्षमा सोनिया राई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ६, २०८०
received_1244850286490863
म्याग्दी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा छन्त्याल, सचिवमा याम कुमारी विश्वकर्मा, सहसचिवमा विन्दु विश्वकर्मा (खाती) चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा निर्मला वानियाँ, रमिला वरुवाल, सपना विश्वकर्मा, सुनिता सापकोटा, शुशिला किसान, कमला सुवेदी, करिस्मा कार्की, सोनिया विश्वकर्मा, मिना जिसी, दिपा पूर्जा, वसन्ती विश्वकर्मा, सजिना विश्वकर्मा, अरुणा फगामी, सम्झना विश्वकर्मा र शुस्मा विश्वकर्मा चयन भएका छन । भेलाको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय अध्यक्ष अन्जु गुरुङले उद्घाटन गर्नुभएको हो । उहाँले सौन्दर्यकर्मीहरुले प्रविधिको समेत प्रयोग गरि पेसालाई दिगोपना बनाउन आवश्यक रहेको बताउनुभयो ।‘हिजो सौन्दर्य पेसा अंगालेका महिलाहरुलाई समाजले नराम्रो नजरले हेर्ने गर्दथ्यो, तर आजको समाजले सौन्दर्यकर्मीहरुलाई सम्मान गर्न सिकेको छ, यो हामी एकहुँदा मात्र सम्भव भएको हो’, अध्यक्ष गुरुङले भन्नुभयो । आफ्नो कमाईले सरज जीवन बाँच्न सौन्दर्य व्यवसायले सहयोग पु¥याएको उहाँले बताउनुभयो । सिप सिकेर सौन्दर्यकर्ममा लाग्न समेत उहाँले महिला दिदीवहिनीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका गण्डकी प्रदेश अध्यक्ष कमला पौडेल, जिफन्ट म्याग्दीका अध्यक्ष राजकुमार राई, जिफन्ट पर्वतका अध्यक्ष खगेश्वरी शर्मा, जिफन्ट बेनी नगरका अध्यक्ष लंकमान तामाङ, युनियनका निवर्तमान आर्थिक सचिव माया खोर्जा गुरुङ, पर्वत नगर अध्यक्ष कविता पुन, बाग्लुङ नगर अध्यक्ष चन्द्रकला छन्त्याल लामा, अनेरास्ववियुका केन्द्रिय सदस्य दिपा शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लाइट स्टार व्युटि पार्लरबाट संचालित ६ महिने सौन्दर्यकला सम्वन्धी क्षमताविकास तालिमको समापन समेत गरिएको थियो । तालिममा सहभागी २१ जनालाई कार्यक्रमका प्रमुख अतिथि गुरुङ र प्रशिक्षक लाईट स्टारका संचालिका सोनिया राईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।उक्त तालिम ५० प्रतिशत छुटमा संचालन गरिएको र विपन्न परिवारका दुईजनालाई निशुल्क रुपमा तालिम प्रदान गरिएको प्रशिक्षक राईले बताउनुभयो । कार्यक्रममा तालिममा सहभागिहरुले प्रशिक्षक राईलाई सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सोनया राईको अध्यक्षता करिस्मा कार्कीको स्वागत र एन्जल पुनको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २१:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP