शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तिप्ल्याङमा पसल र होटलकाे अनुगमन
तिप्ल्याङमा पसल र होटलकाे अनुगमन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ८, २०८०
photo of tiplyang
बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो । अनुगमन टोलीको नेतृत्व गर्नुभएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा  ३० हजार रूपैयाँ मूल्य बराबरको म्याद नाघेका पेय पदार्थ र मदिरा भेटिएको जानकारी दिनुभयो ।उहाँका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरन दानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो । ‘एक वर्षअघिनै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो,’ कार्यालयका कर्मचारी सन्तोष ढुङ्गगानाले भन्नुभयो ‘पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलरकहाँ फिर्ता पठाउन लगाएका छौ ।’सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ । तिप्ल्याङ म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र पाहुनाहरुले खाजा खाना खाने ब्यापारिक केन्द्र हो ।जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म ९ पटक १६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP