शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा दोहोरिए श्रेष्ठ  
म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा दोहोरिए श्रेष्ठ  
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत २५, २०८०
FB_IMG_1712465107059
बेनी ।म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुबराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, सह–कोषाध्यक्षमा राजु बानियाँ रहनुभएको छ ।त्यस्तै सदस्यहरुमा माधवप्रसाद रेग्मी, लिलाराम गौतम, बालबहादुर महत, महेन्द्र खत्री, लोकराज सुवेदी, रामप्रसाद सुबेदी, शिव भट्टचन, शैलेष श्रेष्ठ र बमबहादुर बरुवाल चयन हुनुभएको निर्वाचन समितिका संयोजक यामबहादुर चोखालले जानकारी दिनुभयो । उहाँका अुनसार सहकारीको लेखा समितिको लेखा संयोजकमा शिव प्रसाद केसी र सदस्यमा बिष्णु प्रसाद गौतम रहुनुभएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको अबस्थामा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुँदै जाने भएकाले जिल्लामा रहेका संचारमाध्यमलाई बचाउनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । उहाँले अब रेडियो पनि समय अनुरुप संचालन हुनुपर्नेमा जोड दिनुभयो । अहिले पनि पुरानो तरिकाले संचालन गर्दा प्रभावकारी नहुने उहाँको भनाइ थियो । संस्थाका संस्थापक अध्यक्ष बेनी नगरपालिकाका पूर्व मेयर हरिकुमार श्रेष्ठले जिल्लामा रहेका संचार माध्यमहरुको अबस्था कमजोर हुँदै गएको बताउनुभयो । यस्ता संचार माध्यम बचाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ महासचिव नारायण जिसी र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले हाल प्रविधिले फड्को मारिरहेकाले त्यस सँग प्रतिस्पर्धा गर्न सक्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकको बताउनुभयो । उक्त सभामा म्याग्दीकाली एफ.एमका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान गरिएको छ । रेडियोमा रहेर रेडियोको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व स्टेशन म्यानेजर विक्रम बोगटी, प्रकाश पौडेल र दलप्रसाद विस्वकर्मा (अमित)लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रेडियोमा रहेर उत्कृष्ट काम गरेको भन्दै प्राविधिक प्रमुख मनु थापालाई समेत सम्मान गरिएको थियो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित ५३४ जना शेयर सदस्य रहेको सहकारीको ३ करोड ४ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको छ । केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १८ लाख १८ लाख ६५ हजार ९६५ आम्दानी गरेको छ । भने खर्च तर्फ २७ लाख २१ हजार, ४८७ रुर्पयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP