शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीको शुभकामना आदानप्रदान तथा चियापान : आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्नेमा जोड
एमाले म्याग्दीको शुभकामना आदानप्रदान तथा चियापान : आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नुपर्नेमा जोड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ३०, २०८०
uml myagdi -chiyapan
बेनी  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा  शुक्रवार सदरमुकाम बेनीमा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियानपान समारोह आयोजना गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले पछिल्लो समय देशमा अराजकता फैलाउने काम भैरहेकाले सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले केही व्यक्ति र समूह चिहानघाटमा फ्याँकिएको राजतन्त्रको नारा बोकेर हिँडिरहेको बताउँदै नेपाली जनताको बलबाट चिहान पुगेको राजतन्त्र अब नफर्किने बताउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गोविन्द पौडेलले देशको नीति र विधान मिलाउन सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य रेशमबहादुर बानियाँले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने क्रममा सँगसँगै अगाडि बढेका दलहरु राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्नको लागि पनि एक हुनुपर्ने बताउनुभयो । बालेन जस्तो एउटा व्यक्ति लोकप्रिय हुने अवस्था आएको बताउँदै उहाँले लामो बलिदान, त्याग र संघर्षबाट खारिएका राजनीतिक दलहरुले कमीकमजोरी सुधार गर्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जिल्लाका सबै राजनीतिक दल र सरोकारवाला निकायको बीचमा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदानसँगै चियापान आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष शेरबहादुर केसी, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी एवं गैरसरकारी कार्यालय र संघसंस्थाका प्रमुख प्रतिनिधि, एमालेका नेता, कार्यकर्ता र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २३:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP