शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाबियाचौरमा महायज्ञको तयारी तिब्र 
बाबियाचौरमा महायज्ञको तयारी तिब्र 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २, २०८१
Messenger_creation_b569e2cb-f52c-482f-8fd6-d3e27fcd0c64
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ को आवश्यक व्यवस्थापकीय तयारीलाई तिव्र बनाईएको हो । मन्दिर पुन निर्माण, मन्दिर स्थलमा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर वहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने संकल्प लिईएको छ । भवनमा मण्डप सहित विहे तथा व्रतवन्ध लगायतका कार्य सम्पन्न गर्ने कक्ष, संकिर्तन, पूजा सामग्री भण्डारण कक्ष, तथा योगा र ध्यान समेत गर्न मिल्ने सभाहल सहितको भवन निर्माण गर्ने लक्ष राखिएको र त्यहाँ एकजना सन्तको समेत व्यवस्था गरिने महायज्ञ मुल समारोह समितिका अध्यक्ष नविन अधिकारीले बताउनुभयो । त्यस्तै गरि मंगला गाउँपालिका भित्रका आकस्मिक विरामीहरुलाई समयमै अस्पताल पु¥याउन यातायातको साधनहरुको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै जुनसुकै समयमा पनि सेवा उपलब्ध गराउने गरि एम्वुलेन्स खरिद गर्ने लक्ष्य समेत लिईएको मुल समारोह समितिका सचिव छमलाल पौडेलले बताउनुभयो । धार्मिक महोत्वसको प्रचारप्रसार, मञ्च व्यवस्थापन, दानदाताको खोजी, पत्राचार, निमन्त्रणा कार्ड वितरण लगायतका कार्यहरुलाई तिव्रताका साथ अगाडी वढाईएको प्रचारप्रसार उपसमितिका संयोजक राजु पाण्डेले बताउनुभयो ।महायज्ञमा प्रखर वाचक पण्डित श्री कपिलदेब भट्ट ज्युले कथा प्रबचन गर्नु हुनेछ । भने महायज्ञमा दैनिक पुजापाठ, ग्रह शान्ति ब्रतवन्ध, बिवाह, ब्रतसाङेता, सन्ध्या महाआरति, लाखवत्ति, पितृको फोटो, कलश, मुलकर्ता भुमिदान र तुलादन समेतको ब्यबस्था छ । स्थानीय कलाकार, वासुरीवादक दिनेश पुनले महायज्ञमा आफु सहित अन्य राष्ट्रिय स्तरका कलाकारहरुद्वारा बिभिन्न आकर्षक भजनकृतन, पशुपति, देबघाट तथा बनरासमा देखिने निकै आकर्षक माहाआरति साथै देबलिला झाँकी र सन्देश मुलक नाटक हरु समेत प्रस्तुत गरिने बताउनुभयो । देवी भगवती मन्दिर संरक्षण समितिकी अध्यक्ष शुशिला तिलिजाले २०३५ सालमा हर्क वहादुर अधिकारीको सक्रियतामा स्थापना गरिएको देवी भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले प्रत्यक वर्षको चैतेदशै पर्वमा मन्दिरमा विशेष पुजाआजा गरिदै आएको बताउनुभयो । महायज्ञको बैशाख ८ गते कलशयात्रा सहित भव्य रुपमा उद्घाटन गरिने छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP