शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मुस्ताङको लोमान्थाङ चिनाउने दुई वटा म्युजिक भिडियो सार्वजनिक
मुस्ताङको लोमान्थाङ चिनाउने दुई वटा म्युजिक भिडियो सार्वजनिक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १७, २०७६
lomanthang music video

पोखरा,विहिबार पौष १७ गते । भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ चिनाउने दुइवटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टद्धारा निर्मिते “लोमन्थाङ गाउ र लोमन्थाङमै बसम” बोलको गीतको म्युजिक भिडियो भ्रमण वर्ष उद्घाटन समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले गण्डकी प्रदेश आफैमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले भ्रमण वर्ष २०२० सफल हुनेमा कुनै शंका नरहेको वताए । गण्डकी प्रदेश हिमालदेखी तराइ सम्म फैलिएको र अन्य प्रदेशहरुमा भन्दा बढी मात्रामा पर्यटकीय गतिविधीहरु सञ्चालन भइरहेकाले पनि भ्रमण वर्ष सफल हुने उनको भनाइ रहेको थियो । हिमालपारिको जिल्ला उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको पुरातात्विक, ऐतिहासिक, प्राकृतिक र सांस्कृतीक सम्पदाको प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले लोमान्थाङ गाउ वोलको आधुनिक र लोमन्थाङमै बसम वोलको लोक गीत निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य विष्टले एक वर्षको तलबभत्ता बरावरको लगानीमा उक्त म्युजिक भिडियोहरुको निर्माण गरेका हुन । लोमान्थाङ गाउ वोलको आधुनिक गीतमा गायिका जुनु रिजालले स्वर दिएकी छिनभने र लोमन्थाङमै बसम वोलको लोकगीतमा चर्चित लोकदोहोरी गायक रामजी खांड र संगीता थापा मगरको स्वर रहेको छ । आधुनिक गीतमा निशा गुरुङको अभिनय रहेको छभने लोक गीतमा गायक गायिका स्वयंको अभिनय रहेको छ ।

दुवै गीतको शब्द रचना रमेश बिजीले गरेका हुन । दुवै गीतमा बिबी अनुरागीकोे संगीत संयोजन छ भने म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । भिडियो छायांकन भने राजेश घिमिरेले गरेका हुन । प्रिजीमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतहरुको पोष्ट प्रोडक्सन साइभिजन प्रा।लि।को रहेको छ । उक्त गीतहरुको छायांकन उपल्लो मुस्ताङको लोमान्थाङ बजार, चराङ, मराङ र चैले र तल्लो मुस्ताङको छुसाङ, कागबेनी, मुक्तिनाथ, धौलागिरि र निलगिरि बेसक्याप लगायतका क्षेत्रमा गरिएको हो । उक्त गीत लाफा म्युजिक युट्युव मार्फत बजारमा ल्याइएको छ ।abcnepal.tv


प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १९:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP