शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु
कुहुँमा प्रभावकारी उद्घोषण तथा भाषणकला तालिम सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख २७, २०८१
ba95e4c7-59b4-4495-bb9e-60d996dac009
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा महिलालाई बोल्ने बानीको विकास गर्न तीन दिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सुरू भएको छ । मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि सुरू भएको तालिमको मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले उद्घाटन गदैं संस्थागत तथा दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताउनुभयो । वडा अध्यक्ष रोकाले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने बताउनुभयो । सोही अवसरमा दिपशिखा माविका प्रधानाध्यापक डा। नन्दबहादुर खत्रीले ग्रामिण क्षेत्रमा अझैपनि बोल्ने कलाको विकास हुन नसक्दा महिलाहरूलाई अवसरबाट बन्चित गराउने गरिएको बताउँदै तालिममा सिकेका ज्ञान,सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट २५ जना महिलाको सहभागिता रहेको तालिमको अध्यक्ष सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले गाउँघरमा अहिले पनि बोल्ने कलाको अभ्यास नहुदाँ महिलाहरूलाई विभिन्न संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट बन्चित गराउने गरिएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, स्वागत सदस्य नरदेबी रोका र सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले गर्नुभएको छ । तालिममा उद्घोषण, भाषणकला, नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP