शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा स्मारिका विमोचन तथा पुरस्कार वितरण (तस्बिरहरु)
न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा स्मारिका विमोचन तथा पुरस्कार वितरण (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २८, २०८१
new wes
बेनी । म्याग्दी सदमुकाम बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविद्धारा प्रकाशित स्मारिका प्रभात अंक ७ को विमोचन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापाले स्मारिका प्रभातको विमोचन गर्नुभएको हो । सोही अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा सहित उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । भने नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । जिसस प्रमुख थापाले शुभकामना व्यक्त गर्दै  देशको शैक्षिक क्षेत्रमा निजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई गुणस्तरीय,सर्वसुलभ र व्यवहारिक बनाउन निजि विद्यालयको पनि ठुलो भुमिका हुने बताउनुभयो । वर्तमान समयमा शिक्षा क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ थियो । स्मारिका प्रभातमा विभिन्न लेखकहरुको लेख,विद्यार्थीका साहित्यक सिर्जनाहरु , विद्यालयका विभिन्न गतिविधि र तथ्याङ्कहरु समेटिएका छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष यजनलाल शाक्यले शैक्षिक क्षेत्रमा निजि विद्यालयको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले निजि विद्यालय प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न आग्रह गर्नुभयो । साथै उहाँले न्यु वेष्ट प्वाइन्ट आवासीय मावि साविक धौलागिरी अञ्चलमै उत्कृष्ट र नमुना विद्यालयको रुपमा स्थापित भइसकेको दावी गर्नुभयो । भाइस पिन्सिपल कृष्णबहादुर जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रिन्सिपल डिबी दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल लेखक ध्रुवलाल शर्माले बोल्नुभएको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्रीले पुस्कृत गरिएको थियो । कक्षा १२ सम्म पढाई हुने विद्यालयमा करिब साढे १५ सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP