शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महिलालाई उद्घोषण तथा भाषणकलाको क्षमता विकास तालिम
महिलालाई उद्घोषण तथा भाषणकलाको क्षमता विकास तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २८, २०८१
IMG_5302
म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको थियो । गएको आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिममा मंगला–२, बाबियाचौरको सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका महिला समूहबाट करिब २० जना महिलाहरुले सहभागिता जनाएका थिए । ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण र भाषणकलामा सक्रिय बनाउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको मंगला सामुदायिक सिकाइ केन्द्रले जानकारी दिएको छ । तालिमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य एवं जलजला अनलाइन डटकमका सम्पादक तथा सञ्चालक कृष्णबहादुर जिसी र नेपाल टेलिभिजन म्याग्दीका जिल्ला संवाददाता एवं रुप्से दैनिक पत्रिकाका सहसम्पादक समेत रहेका पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो । तालिममा उद्घोषण तथा भाषणकला, कार्यक्रम सञ्चालन गर्ने तौरतरिका, कार्यक्रममा सम्बोधन, स्वागत र शुभकामना मन्तव्य व्यक्त गर्ने तरिका, क्षमता अभिवृद्धि, महिला अधिकारलगायत विविध विषयहरुमा सहजीकरण गरिएको थियो । तीन दिनको तालिम अवधिभरमा सैद्धान्तिक विषयको कक्षाभन्दा पनि सहभागीहरुको चाहनाअनुसार भाषण गर्ने कलाको विकास गर्नका लागि प्रयोगात्मक अभ्यासलाई बढी जोड दिइएको थियो । सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी माइकको प्रयोगमा कार्यक्रम सञ्चालन र सम्बोधन गर्ने तरिका, स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्न लगाइएको थियो ।तालिमको समापनसत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक जिसीले तालिमको अवधिमा सिकेका र सिकाइएका विषयवस्तुलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । मंगला सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष लक्ष्मी सुवेदीको अध्यक्षता र सहभागी बेलकुमारी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रशिक्षक बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागीद्वय पूर्णकली पौडेल र देवी अधिकारीले अनुभव सुनाउनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP