शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बजार अनुगमनबारे व्यापारीसँग अन्तरक्रिया र छलफल
बजार अनुगमनबारे व्यापारीसँग अन्तरक्रिया र छलफल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १०, २०८१
IMG_6108
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति र बजार अनुगमन सम्बन्धी विषयमा छलफल तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पोखराको आयोजनामा कार्यक्रम गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहकार्य र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न अन्तत्र्रिmयामा मन्त्रालयका उपसचिव हिमा पोखरेलले आफ्नो प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममाथि सहजीकरण गर्दै उहाँले बजार अनुगमन गर्दा एकीकृत मोडेलमा अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले कहिले प्रशासन, कहिले स्थानीय तह र कहिले अन्य निकायले छुट्टाछुट्टै अनुगमन गर्नुभन्दा पनि एकीकृत रुपमा गर्नुपर्ने बताउनुभएको छ । जुनसुकै काम गर्दा पनि सकारात्मक सोचका साथ गर्नुपर्ने बताउँदै उपसचिव पोखरेलले नीति नियममा रहेर पेशा तथा व्यवसाय सञ्चालन गर्नुपर्नेमा उद्योगी, व्यवसायीहरुलाई सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीहरुले सहज तरिकाले आफ्नो पेशा एवं व्यवसाय सञ्चालन गर्नका लागि वातावरण बनाउनुपर्ने बताएका थिए । उनीहरुले पेशा व्यवसायको दर्ता तथा नवीकरण एकद्वार प्रणालीमार्फत हुनुपर्ने व्यवस्थाको समेत माग गरेका छन् । कार्यक्रममा व्यवसायीहरुले राज्यसँग स्रोतसाधन नभए पेशा तथा व्यवसायीहरु कसरी स्रोतसाधनयुक्त हुन सक्छन् भन्ने सवाल पनि उठाएका थिए । उक्त कार्यक्रममा उपसचिव पोखरेलले बजार अनुगमन र कानुनी व्यवस्था तथा उद्योगी व्यवसायीको जिम्मेवारी र उपभोक्ताको अधिकारको बारेमा सहजीकरण गर्नुभएको थियो । मन्त्रालयका शाखा अधिकृत सिर्जना सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रम उपसचिव पोखरेलको अध्यक्षता रहेको थियो भने कार्यक्रममा जिल्लास्थित उद्योगी, व्यवसायी र सरोकारवालाहरु सहभागी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०६:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP