शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः रोका
अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः रोका
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ १२, २०८१
anemasanga
बेनी । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको नबौं जिल्ला सम्मेलनबाट उपाध्यक्षद्धय हेमकुमारी पुन, पशुपति शाही, सचिव देवकुमारी पुन, उपसचिव जानुका सुबेदी र कोषाध्यक्ष गौमती राम्जाली सहित २५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत रुपमा चयन भएको हो ।जिल्लाका छ वटा पालिकामा निर्वाचित भएका पालिका कमिटि अध्यक्षहरु जिल्ला कमिटि सदस्यमा स्वत मनोनित हुने व्यवस्था रहेको छ । ६ वटा पालिकामा गठन भएका पालिका, वडा र टोल कमिटिबाट १४७ जना प्रतिनिधिबाट सर्वसम्मति रुपमा नयाँ कार्यसमिति चयन गरिएको अनेमासंघले जनाएको छ । नवनिर्वाचित अध्यक्ष रोकाले म्याग्दी जिल्लाभित्रका महिलाको समस्या समाधान तथा महिलालाई समाजका हरेक संस्थामा प्रतिनिधित्व गर्ने गरी सक्षम र क्षमतावान बनाउने प्रतिबद्धता जनाउनुभयो।महिलाको हक, अधिकार तथा सुरक्षाको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो । सम्मेलनको अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटीकी सचिव नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा नेकपा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ,खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, एमाले म्याग्दीका सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, अनेम संघकी केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, अनेम संघ गण्डकी प्रदेश कमिटी अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले मन्तव्य राख्नुभएको थियो ।अनेम संघ म्याग्दीकी अध्यक्ष यसुदा रोकाको अध्यक्षता, उपाध्यक्ष हेमकुमारी गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु गुरुङले गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २१:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP