शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्तर मावि लोकगीत प्रतियोगिताको उपाधि त्रिभुवन मंगलाकी युनिसा परियारलाई
अन्तर मावि लोकगीत प्रतियोगिताको उपाधि त्रिभुवन मंगलाकी युनिसा परियारलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १७, २०८१
received_1798162680674060
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीद्वारा गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियोगितामा त्रिभुवन मंगला मावि ¥यालेखोरकी युनिसा परियारले प्रथम स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका कुशल गोतामे द्वितिय, ज्ञान प्रकाश माविका शाहिल विश्वकर्मा तृतिय र राष्ट्रिय मावि नेप्टेचौरकी मुस्कान चोखालले शान्त्वना स्थान हासिल गर्नुभएको छ । उहाँहरुले क्रमशः नगद रु २५ हजार ५ सय ५५, १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको छ । प्रोत्साहन स्वरुप जामुनाखर्क माविकी जमुना परियार र बेनी वोर्डिङकी एस्ली कार्कीलाई नगद रु १ हजार सहित पुरस्कृत गरिएको प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले जानकारी दिनुभयो । विजेताहरुलाई प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी, केन्द्रीय सचिव तथा निर्णायक संयोजक शंकर विरही गुरुङ, केन्द्रीय सहसचिव एवम् निर्णायक तारानाथ आचार्य, संस्थापक केन्द्रीय सदस्य धनकुमारी थापा, प्रतिष्ठान म्याग्दीका निर्वतमान अध्यक्ष देबेन्द्र घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कला र संस्कृति देशको सम्पति भएकाले यसको संरक्षण गर्नु राष्ट्रको जिम्मेवारी हुने बताउनुभयो । उहाँले लोक गीतले मानव जीवनको कथा बोल्ने भएकाले पनि सवैको प्रीय हुने बताउनुभयो ।कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, सल्लाहकार नेत्र महत, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, मौलिक लोक गायक कुमार पुन, सर्जक एवम् संचारकर्मी प्रकाश पौडेललाई सम्मान गरिएको थियो । साथै लोक दोहोरी गायक स्वर्गीय चक्रप्रसाद बानियाँलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा कलाकार कल्याणकारी कोष बृद्धि गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । कार्यक्रममा गायक जिसीको नयाँ लोक दाहोरी गीत गल्वन्दी बैनाको लोकार्पण समेत गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०६:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP