शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाकाे मराङमा सचेतना, क्षमता अभिवृद्धि र उद्घोषणकला तालिम (तस्बिर)
धवलागिरी गाउँपालिकाकाे मराङमा सचेतना, क्षमता अभिवृद्धि र उद्घोषणकला तालिम (तस्बिर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १७, २०८१
IMG_6245
बेनी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–६, मराङमा तीन दिनसम्म सचेतनामूलक तालिम सम्पन्न भएको छ । ‘हाम्रो अभियान, समृद्ध धवलागिरि निर्माण’ भन्ने मूल नारासहित धवलागिरि ६ नम्बर वडा कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
वडाका जनप्रतिनिधि, कर्मचारी तथा समाजका अगुवाहरुलाई लक्षित गरेर सचेतनामूलक तालिम सञ्चालन गरिएको वडा कार्यालय मराङले जनाएको छ । स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडाको भनाइ छ । आइतबारदेखि मङ्गलवारसम्म तीन दिन चलेको तालिमको वरिष्ठ प्रशिक्षक मुक्तिप्रसाद ढुङ्गाना र प्रशिक्षक तथा पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।
तालिम अवधिभरमा सचेतना, उद्घोषण, उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने ज्ञान, सिप, ध्यान दिनुपर्ने विषयहरु, भाषणकला, स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्ने तौरतरिका, नागरिक र न्यायिक समितिको काम, कर्तव्य, अधिकार तथा मौलिक हक र अधिकार एवं कानुनी साक्षरतासहित विविध विषयहरुमा सहजीकरण गरिएको थियो । साथै तालिममा सहभागीहरुलाई प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा सिकाइएका र सिकेका ज्ञान, सिपलाई आगामी दिनमा अभ्यासमार्फत निरन्तरता दिन सहभागीलाई सुझाव दिइएको छ ।
तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरणपछि तालिम समापनसत्रमा सम्बोधन गर्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले तालिमको अवधिमा सिकेको ज्ञान तथा सिपलाई पूर्ण रुपमा व्यहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले गाउँपालिकाले सबै वडामा स्थानीयवासी र सरोकारवालाको क्षमता अभिवृद्धि गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिएको बताउँदै बजेट नजिकिँदै गरेको अवस्थामा आफ्नो गाउँ, टोल र वस्तीमा आवश्यक पर्ने योजनाहरु छनोट गरेर पठाउन सहभागीलाई आग्रह गर्नुभएको छ ।
सोही कार्यक्रममा बोल्दै धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले सचेतना तालिममार्फत समुदायस्तरमा बालविवाह न्यूनीकरण, बालअधिकार तथा महिला हक अधिकारको बारेमा सचेतना फैलाउन सहभागीलाई सुझाव दिनुभयो । तालिमको समापन गर्दै मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले जनप्रतिनिधि, कर्मचारी र अगुवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको हुँदा तालिममा सिकेको ज्ञान, सिपलाई दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा धवलागिरि–२, लुलाङका वडाध्यक्ष अकप्रसाद विक र ४ नम्बर वडा मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीले शुभकामना मन्तव्य व्यक्त गर्दै आफूहरुको वडामा पनि सचेतनामूलक तालिम कार्यक्रम सञ्चालन गरी स्थानीयको क्षमता अभिवृद्धि गर्नुका साथै बोल्ने कलाको विकास गरिने बताउनुभएको छ । समापनसत्रमा तालिमका सहभागीद्वय निशा केसी र सन्ध्या केसीले अनुभव सुनाउनुभएको थियो । मराङका वडाध्यक्ष उपाध्यायको अध्यक्षता र सहभागी धनकुमारी रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्का सहभागी लक्षुमन सुवेदीले स्वागत गर्नुभएको थियो ।
तालिमका प्रशिक्षकलाई वडामार्फत प्रशंसापत्रसहित सम्मान, अतिथिहरुलाई मायाको चिनो प्रदान तथा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमका सहभागीहरुले तालिम अत्यन्तै राम्रो र प्रभावकारी रहेकाले आगामी दिनमा पनि वडास्तरमा यस्ता सचेतनामूलक तालिम, क्षमता अभिवृद्धिका कार्यक्रम र उद्घोषणकलाको तालिम सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP