शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता
बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ १९, २०८१
Province-Archari-36
बेनी ।म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको समन्वयमा सुरु भएको प्रतियोगिता शनिबार सकिने प्रतियोगिताका संयोजक गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश भित्रका छ जिल्लाका सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै गौचनले थकाली जातिको परम्परासँग जोडिएको यस प्रतियोगिता थकालीहरुले खेल्ने नियम अनुसार नै खेलाइदै आएको बताउनुभयो । आधुनिक अन्तर्राष्ट्रिय नियमभन्दा पनि थकाली जातिले खेल्दा पहिलादेखि जुन नियम प्रयोग गर्दै आएका हुन् त्यही नियम र परम्परा अनुसार नै खेल हुने भएकाले नै परम्परागत तारा खेल भनेर नामाकरण गरिएको उहाको तर्क थियो । आधुनिक विश्व खेलमा आर्चरी नामले परिचित भए पनि गण्डकी प्रदेशले आफ्नो मौलिक पहिचान र नामबाटै खेल आयोजना गरेको भन्दै परम्परा जोगाउन परिषद्ले ठुलो भूमिका खेलेको बताउनुभयो । नेपाल आर्चरी संघका सचिव, कास्की आर्चरी संघका अध्यक्ष तथा गण्डी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ का खेल संयोजक शेरचनका अनुसार प्रतियोगितामा पहिलो हुनेले नगद ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ नगदसहित मेडल तथा ट्राफि प्राप्त गर्नेछन् । त्यस्तै वेष्ट प्लेयरले पाँच हजार र विशिष्ट धनुन्धरले तीन हजार रुपियाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा मनाङ, मुस्ताङ, पर्वत, कास्की, बागलुङका एकएक टिम र म्याग्दीका दुई टिम गरी कुल ७ टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटन पूर्व पञ्चेवाजा सहित खेलाडी तथा शुभचिन्तकहरुको समूहले बेनी बजारको परिक्रमा पछि थकाली सेवा समाजको भवनमा पुगेर औपचारीक उद्घाटन भएको थियो ।  
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १९:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP