शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेकपा एमाले म्याग्दी- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ
नेकपा एमाले म्याग्दी- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गुरुङ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २०, २०८१
Messenger_creation_888755c8-6a7f-4fb4-ac7f-f76d445d381d
काठमाडौं । नेकपा एमालेमा आस्थावान् म्याग्दी घर भै काठमाडौं बस्नेहरुको संस्था नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चको अध्यक्षमा पुनः तमबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको एक भेलाले गुरुङको नेतृत्वमा निर्विरोध १५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम पुन, धनमाया शेरपुञ्जा, सचिवमा इन्द्र खड्का, उपसचिवमा खेम सुवेदी र कोषध्यक्षमा खडक थापा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा हिराबहादुर थापा, पदम छन्त्याल, कृष्ण पुन, दिनद जुग्जाली, हिरालाल रोका, चमेली खत्री र हुपेन पुन निर्वाचित हुनु भएको कोषध्यक्ष खडक थापाले जानाकारी दिनु भयो । निर्वाचन अगाडि बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समिति मञ्च इन्चार्ज कल्पना थापाले कम्युनिष्ट पार्टी बिरुद्ध देशमा गतिविधि बढ्दै गएकाले कम्युनिष्ट आन्दोलन जोगाउन सबै कम्युनिष्ट पार्टीहरु एक हुनुको बिकल्प नरहेको बताउनु भयो । त्यसैगरी एमाले केन्द्रिय सदस्य तथा पूर्व मन्त्री नरदेवि पुनले सम्पर्क मञ्चले काठमाडौंमा बसेका एमालेका नेता तथा कार्यकर्ताहरुलाई जिल्ला संग जोड्नु पर्ने बताउनु भयो । एमाले गण्डकी प्रदेश कमिटि सदस्य हरिकृष्ण श्रेष्ठले गत निर्वाचनमा गठनबन्धनका कारण जिल्लामा आफु सहित प्रदेशका उमेद्ववारहरुले निर्वाचनमा विजयी प्राप्त गर्न नसके पनि आगामि दिनमा जस्तै सुकै गठबन्धन बने पनि पार्टीले विजयी प्राप्त गर्न सक्नेगरी संगठन निर्माण गर्नु पर्ने र जनपक्षीय काम गर्नु पर्ने बताउनु भयो । त्यसैगरी एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले सम्पर्क मञ्च र जिल्ला पार्टीको समन्वयमा भेला तथा गोष्ठिहरु आयोजना गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै बलियो संगठन निर्माण गर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । नेकपा एमाले म्याग्दी काठमाडौं सम्पर्क समिति मञ्चका अध्यक्ष तमबहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको अधिवेशनको स्वागत निर्वतमान् उपाध्यक्ष महेश श्रेष्ठले गर्नु भएको थियो भने अनेरास्ववियूका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेल सहित विभिन्न तहका नेता कार्यताहरुले शुभकामना मन्तव्य व्यक्तगर्नु भएको कार्यक्रमको सञ्चालन होम पुनले गर्नु भएको थियो । कार्यक्रममा एमाले निकट अन्य भातृ संगठन, सम्पर्क मन्चका अन्य जिल्लाका प्रतिनिधि र नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP