शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला गाउँपालिकाका द्वन्द्वपीडितलाई सम्मान
मंगला गाउँपालिकाका द्वन्द्वपीडितलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ३१, २०८१
mangala-dunda pidit
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय सञ्जाल र अपाङ्गता भएका द्धन्द्ध पीडितहरुको राष्ट्रिय संजालको आयोजनामा नेपालमा २०५२ सालदेखि ०६२ सालसम्म १० वर्ष चलेको द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट विस्थापित द्वन्द्वपीडितहरुका परिवारलाई सम्मान गरिएको हो ।उक्त सम्मान कार्यक्रममा सहभागी द्धन्द्धपिडितहरु र उनीहरुका परिवारले स्थानीय तह र राज्यले आफुलाई उपेक्षा गरेको गुनासो गरेका हुन् । कार्यक्रममा खरिमाया किसानले द्धन्द्ध पीडितहरुलाई अहिले सम्म कुनै सहयोग र राहत नपाएको बताउनुभयो । उहाँले स्थानीय तहले आयआर्जनमा केन्द्रित भएर कार्यक्रमहरु ल्याईदिएमा छोराछोरी पाल्न र पढाउन सहज हुने बताउनुभयो । त्यस्तै मंगली बिकले राज्यले पीडितलाई राहतका कार्यक्रमहरु घोषणा गरेपनि अहिले सम्म कुनै राहत नपाएको बताउनुभयो । उहाँले का मगर्न सक्नेलाई स्थानीय तहले आफ्नो दक्षता अनुसारको रोजगारी दिएपनि द्धन्द्ध पीडितको जिवनस्तर सुधार हुने बताउनुभयो । कार्यक्रमा उपस्थित भएका अधिकांशको गुनासो सकारले आफुलाई वेवास्ता गरेको बताएका थिए । उक्त सम्मान कार्यक्रममा गाउँपालिका उपाध्याक्ष प्रेमकुमारी खत्रीले गाउँपालिकाले द्धन्द्ध पीडितहरु र परिवारलाई प्रत्येक बर्ष कुनै न कुनै कार्यक्रमको माध्यमबाट सम्बोधन गरेको बताउनुभयो । उहाँले पालिका बजेट कम हुने भएकाले एक पटकमा सबै समस्या समाधान हुने गरी सम्बोधन गर्न नसकीएको बताउनुभयो ।कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाले सकारात्मक सोज र भावी योजनाहरु कस्ता हुनुपर्छ भन्ने बिषयमा, सुजता खत्रीले महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नम्बर १३२५ र १८२० र अन्य पुरकको बिषयमा र सुरेन्द्र खत्रीले समकालीन न्यायको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमा गाउँपालिकाका प्रवक्ता एमव् वडा नं। १ कुहुँका वडा अध्यक्ष एकजित रोका, वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर रोका, मंगला माविका प्र।अ लगायतले बोलको कार्यक्रममा द्वन्द्वपीडित अधिकार द्धन्द्धपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता द्धन्द्ध महिला राष्ट्रिय सञ्जालको अध्यक्ष देबीकुमारी खत्रीको स्वागत र अधिकार मञ्च समाजका सचिव सुरेन्द्र खत्रीको संचालनमा सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २२:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP