शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ज्यामरुकोटमा संक्रमणकालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखीकरण
ज्यामरुकोटमा संक्रमणकालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखीकरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १९, २०८१
jyamarukot (1)
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोटमा संक्रमण कालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको आयोजनामा बुधबार अपाङ्गता भएका व्यक्तीहरु , परिवार र सरोकारवालानिकाय बिच अपाङ्गता समावेशी विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । वडा कार्यालयमा संचालित कार्यक्रमको वडा अध्यक्ष यामबहादुर क्षेत्रीले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष क्षेत्रीले अपाङ्गता भएका व्यक्तीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तीहरुको हकअधिकार स्थापित गर्न र समान व्यववहार प्रदान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा स्थानीय स्तरमा अपाङ्गता भएका व्यक्तीको सवाललाई साझा सवालको रुपमा स्थापित गर्न सके मात्र अपाङ्गता समावेशी बिकास हुनेमा जोड दिइएको थियो । अपाङ्गता भएका व्यक्तीहरुलाई परिवार र समाजले विभेद नगरी समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।द्वन्द्व पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भिमबहादुर रिजालले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुले पनि समाजमा महत्त्वपूर्ण योगदान गरेको भएपनि स्थानीय सरकारले मुल्याङ्कन गर्न नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा द्वन्द्व पीडितहरुको रास्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले अपाङ्गता अधिकार सम्बन्धी महासन्धी ,र अपाङ्गता समावेशी बिकास सम्बन्धी अभिमुखिकरण गराउनुभएको भएको थियो । उहाँले अपाङ्गता भएका व्यक्तीहरुको आवश्यकता फरकफरक हुने भयकोले उनिहरुको आवश्यकता, क्षमतालाई लािक्षत गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । द्वन्द्वपीडितहरूलाई अधिकार सम्पन्न पीडितको हैसियतमा पहिचान गरेर उनिहरुका आवश्यकताहरुलाई मनन गर्ने र माग सम्बोधन गराउन सबैले दबाव दिनुपर्नेमा जोड दिनुभयो । वडा अपाङ्गता सञ्जााल अध्यक्ष मञ्जु केसीको घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा भित्रका ४० जना अपाङ्गता भएका व्यक्ती ,परिवार सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २३:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP