शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा नि:शुल्क बिरुवा वितरण गरिदैं
म्याग्दीमा नि:शुल्क बिरुवा वितरण गरिदैं
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार २३, २०८१
biruwa (3)
बेनी । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र बेनी नगरपालिकाले पशुपालक कृषकहरुलाई ३० हजार निःशुल्क रुपमा डालेघाँसका विरुवा तयार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत मंगलाघाटमा रहेको नर्सरीमा तयारी गरिएको बिरुवा किसानलाई वितरण गर्न सुरू गरिएको हो । ग्रामीण भागमा सडक निर्माण गर्ने कार्यले तीव्रता पाउँदा बढेको भूक्षय कम गर्ने र गाई, भैँसी तथा बाख्रापालनमा सहयोग पु¥याउने उद्देश्यले डालेघाँसको बिरुवा वितरण गर्न लागेको उहाँको भनाइ छ । पौडेललका अनुसार विभिन्न समुह, पशुपालक कृषक, सहकारी वा अन्य संघ संस्थाहरुले माग संख्याको आधारमा विरुवाहरु वितरण गरिएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा १५ हजार बिरुवा तयार गरिएको छ । नगरपालिकाको सिफारिसमा उक्त बिरुवा वितरण गरिने छ । म्याग्दीकोवाझो जमिनमा डालेघासँका रुपमा राईखन्यु,निमारो वढी मात्रामा लगाउने प्रचलन अनुसार माग वढि आउने भएको छ । डाले घाँसका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डाले घाँसका विरुवा लगाउदा भु–क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुँदा कार्यालयले हरेका वर्ष डालेघाँसका विरुवा वितरण गर्दै आएको छ । म्याग्दीमा म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटाको नाश हुने गरेको अवस्थामा भु क्षय नियन्त्रणका लागि बर्षेनी ६० हजारभन्दा बडी बिरुवा माग हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP